गण्डकी प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज । कांग्रेस सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा भरतपुर महानगरपालिका मेयर उम्मेद्वार दिनेश कोइरालाले उम्मेद्वारी फिर्ता लिए पनि मतपत्रमा रुख चिन्ह भने कायमै हुनेछ। यस्तोमा कांग्रेसको चुनाव चिन्ह रुखले बढी मत पाए के होला? उम्मेद्वार नभए पनि मतपत्रमा राष्ट्रिय दलको चुनाव चिन्ह कायम हुने जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेद्वार नभएको अवस्थामा चुनाव चिन्हले पाएको मत स्वतः बदर हुने बताए। यस्तोमा अवस्थामा दोस्रो बढि मत पाउने चुनाव चिन्हका उम्मेद्वार निर्वाचित...
पोखरा। देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्वारहरुलाई चुनावी कार्यक्रम गर्न भ्याईनभ्याई भएको छ । चुनाव आउन ९ दिनमात्र बाँकी रहेको र त्यसमा पनि २ दिन मौन समयमा चुनाव प्रचार गर्न नपाइने भएकाले उम्मेद्वारहरुलाई चुनावी कार्यक्रम गर्न भ्याईनभ्याई भएको हो । पोखरा लेखनाथ महानगरपालिका देशकै ठूलो महानगरपालिका हो । यस महानगरमा ३३ वटा वडा रहेका छन् । एउटै वडा पनि एकैदिनमा छिचोल्न मुस्किल छ । त्यसैले उम्मेद्वारहरुले घरदैलो...
बागलुङ । हेर्दै पनि आङ सिरिङ्ग हुने चट्टानी पहरा, तल कालीगण्डकी नदी, माथि हेर्दा पनि उस्तै ठाडो भिर देख्दा पहिलोचोटि पुग्ने जो कसैलाई लाग्छ, त्यहाँ सडक खन्न असम्भव छ तर नेपाली सेनाले त्यस्तो असम्भलाई सम्भव तुल्याएको छ । सेनाको काम हेर्नुभएका जैमिनी नगरपालिका–५ बिनामारेका ७९ वर्षीय देवीदत्त पौडेलले भन्नुभयो – “नचिताएको ठाउँबाट बाटो आयो ।” उहाँले भिरमा काम गर्दा कुनै अप्रिय घटना नहोस् भनेर आफूले दैनिक पूजा र प्रार्थना गर्ने...
काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र पारेको छ ।आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको हो । आयोगले बुधबारबाटै उच्चस्तरको टोली खटाइसकेको छ । यस्तै निर्वाचन आयोगले आयुक्तस्तरको अर्को छुट्टै निर्वाचन आचारसंहिता अनुगमन समिति समेत खटाएको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि आयुत्तहरु इला शर्मा र नरेन्ऽ दाहाललाई प्रदेश नम्बर ३, आयुत्त सुधीरकुमार शाहलाई प्रदेश नम्बर ६ र...
पोखरा । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो । बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने...
काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् । पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ...
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसले रामजी कुँवरलाई उम्मेद्वार बनाएको छ । कांग्रेसको सोमबार मध्यरातीसम्म बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाली कांग्रेसका पुराना र ईमान्दार नेताका रुपमा चिनिन्छन् । उनी नेपाल ट्रड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् । मेयरका अन्य ३२ प्रतिष्पर्धीलाई उछिन्दै कुँवरले टिकट सुरक्षित गरेका हुन् । यसअघी कांग्रेस कास्कीले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि आकांक्षी सबै...
पर्वत। पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो । चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रुखमुनि बसेका नेपालीलाई चट्याङ...
म्याग्दी । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ । त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताउनुभयो । कार्यालयले फर्निचरसहित...
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । माछापुच्छ«े गाउँपालिकाबाट पोखरातर्पm ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ । रासस ...