गण्डकी प्रदेशमा रहेका समाचारहरु

उम्मेदवार छान्दै दलहरु

बागलुङ । स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलहरु उम्मेदवार छनोटमा लागेका छन् । टिकटका लागि आफ्नै दलभित्र लड्नुपरेको उम्मेदवारका आकाङ्क्षीहरु बताउँछन् । एउटै दलबाट प्रमुख पदमा उम्मेदवारी दिनेको सङ्ख्या अत्यधिक रहेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरुले जनाएका छन् । दलहरु उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गाउँपालिकाको तुलनामा नगरपालिकाको नेतृत्व ताक्नेको सङ्ख्या बढी छ । जिल्लाका १० स्थानीय तहमध्ये चार नगरपालिकामा प्रमुख÷उपप्रमुख को...

अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थाले

बेँसीसहर । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताउनुभयो । अप्रिल लागेसँगै दैनिक १०० भन्दा बढी विदेशी पर्यटक आउने गरेको गुरुङको भनाइ छ । पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटक आउने...

हत्यारा १३ वर्षपछि पक्राउ, यसरी लुकेका रहेछन्

पर्वत । झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ । बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो । उनन्तीस वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७...

स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

म्याग्दी । म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन...

डुबेर दुई बालिकाको मृत्यु

वालिङ । पौडी खेल्ने क्रममा डुबेर स्याङ्जाको पुतलीबजार–६ पुरीसरामा आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिलकुमार प्रधानका अनुसार स्थानीय नेवारी खोलामा पौडी खेल्ने क्रममा स्थानीय सुनिता गुरुङ र चाँदनी गुरुङको मृत्यु भएको हो । दुवै जनाको उमेर १२ वर्ष रहेको छ । प्रहरीका अनुसार मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । यसबारेमा थप अनुसन्धान सुरु भइरहेको प्रहरीले बताएको छ । ...

च्याउ खाएर एकै परिवारका ३ को मृत्यु

पोखरा । बिषालु जंगली च्याउको सेवनबाट पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्ति अस्पतालमा उपचार भइरहेको छ । बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा...

बेनी अस्पतालको मुहार फेरियो

म्याग्दी। हर्नियाको समस्या भएका रघुगङ्गा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गर्नुभयो । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्षीया मनकुमारी विकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो । पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा विकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए । चिकित्सकका अनुसार ‘बी’ नेगेटिभ रगतको कमी र उनको मुटुको चाल...

दाना–कुश्मा विद्युत् प्रसारण लाइन निर्माण सुरु

म्याग्दी । म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको होे । आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु भएको बताउनुभयो । टावर राख्नका लागि अन्य ठाउँमा नक्साङ्कन गरिएको...

सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले हतियार बुझाए

बेसीसहर । सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिमसम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएका हुन् । प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलका अनुसार प्रहरी चौकी कुन्छामा १८, धमिलीकुवामा एक, गिलुङमा एक र जिल्ला प्रहरी कार्यालयमा एकजनाले हतियार बुझाएका छन् । प्रहरीलाई बुझाइएका हतियारमध्ये सबै भरुवा...

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

बागलुङ । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट ‘थ्रिजी’ सेवा चल्नेछ । यसअघि यहाँ जम्मा नौ स्थानमा ‘थ्रिजी’ सेवा...