गण्डकी प्रदेशमा रहेका समाचारहरु

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्ने दर्शनार्थीको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । मुक्तिनाथ मन्दिरका ब्राम्ह्ण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला दिन देशका विभिन्न भू–भागबाट मुक्तिनाथ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ भने भारतबाट आउने दर्शनार्थीको...

हवाई टिकटमा निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकतामा

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने...

स्थानिय निर्बाचनमा आकांक्षी धेरै भएपछि उमेदवार छान्न कठिनाई

पोखरा। आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ । उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा मतदातामा को को उम्मेदवार बन्दै छ भन्ने उत्सुकता बढेको देखिन्छ । अहिले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका को को उमेदवार बन्ने होलान भन्ने चर्चा मतदातामा हुने गरेको छ ।...

कर तिर्दैनन् निर्माण व्यवसायी

गोरखा। जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ । नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके करबाट सङ्कलन भएको कर नै जिससका आन्तरिक आय हुन् । निर्माण व्यवसायीले योजनाको काम सम्पन्न गर्ने तर कर नतिर्ने गर्दा आन्तरिक आयवृद्धि हुन सकेको छैन । जिससको तथ्याङ्क हेर्दा आब ०६१÷६२ देखि निर्माण व्यवसायीले कर नतिरेको देखिन्छ । नदीजन्य...

बराल र मगरलाई पत्रकारिता पुरस्कार

बाग्लुङ। नेपाल पत्रकार महासङ्घ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट प्रकाश बराल र दिलनिशानी मगर पुरस्कृत हुनुभएको छ । शुक्रबार यहाँ आयोजित समारोहमा समाचार लेखनतर्फ कान्तिपुर दैनिकका संवाददाता बराल र स्तम्भ लेखनतर्फ लेखक मगरलाई जनही रु १५ हजार राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रजिअ भागीरथ पाण्डेय, पुरस्कार कोषका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठ र पत्रकार महासङ्घका केन्द्रीय सदस्य हरिनारायण गौतमले पुरस्कृतद्वयलाई संयुक्त रुपमा प्रमाणपत्र, नगद र दोसल्ला प्रदान गर्नुभएको थियो...

लमजुङका गाउँ पर्यटकले भरिभराउ

लमजुङ। जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन । घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताउनुभयो । उहाँले आएका पर्यटकलाई ठाउँ नपुगेर नजिकका छिमेकी गाउँमा पठाएको बताउनुभयो । “गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन, केहीलाई भुजुङ,...

‘ल्यान्डफिल साइट’ योजना कार्यान्वयनमा समस्या

म्याग्दी। बेनी बजारको फोहर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।बजेटको व्यवस्था भए पनि स्थान पहिचान नहुँदा ल्यान्डफिल साइट बन्न नसकेको हो । बेनी नगरपालिका कार्यालयले चालु आवमा रु ५८ लाख बजेट विनियोजन गरे पनि हालसम्म ठाउँ पहिचान हुनसकेको छैन । स्थान पहिचान गर्न गरिएको पहल सफल नहुँदा योजना कार्यान्वयनमा समस्या देखिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए । नगरपालिकाले बेनपा–१ मा पर्ने आनन्दबगर र ९ नम्बरमा पर्ने...

बृद्ध भत्ता दोब्बर गर्छौं: देउबा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् । पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले मिलेर बस्नुको विकल्प नभएको बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर ४ मा एमालेले जत्रो सभा कसैले गर्न सक्दैन भनेको भन्दै सम्बोधन सुरु गरेका देउवाले पोखरा आएर कांग्रेसको सभा हेर्न चुनौती दिए । देउवाले कांग्रेसलाई विदेशीले पत्याउने र पैसा जुटाउन सक्ने दाबी गरे ।...

फेवाताल किनारामा नववर्ष महोत्सव सुरु

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ। प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष...

पर्वतमा पहिलो व्यावसायिक एफएम सञ्चालनमा

पर्वत । पर्वत जिल्लामा पहिलोपटक व्यावसायिक एफएम रेडियो सञ्चालनमा आएको छ । चारवटा सामुदायिक रेडियो सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय व्यावसायिक एफएम सञ्चालनमा आएको हो । पर्वत मिडिया हाउस प्रालिले पञ्चासे एफएम १०२ दशमलव ८ मेगाहर्जको एफएम सञ्चालन गरेको जनाएको छ । सानो जिल्लामा सञ्चारमाध्यमको सङ्ख्या अत्यधिक बढेको भन्ने गुनासो आइरहेका बेला निजी क्षेत्रका उद्योगी, व्यवसायी र सञ्चारकर्मीसमेतको सहभागितामा एफएम सञ्चालन गरिएको पर्वत मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक गणेश पौडेलले...