गण्डकी प्रदेशमा रहेका समाचारहरु

मुलुकभर वैशाख ३१ मै चुनाव हुन्छ: उपप्रधानमन्त्री थापा

पर्वत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि, वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताउनुभयो। मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम...

सबैका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि – नेता नेपाल

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गर्नुभयो । नेता नेपालले भन्नुभयो– “अहिलेको...

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउने जस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्नगई...

गाउँलेको श्रमदानमा पर्यटकीय पदमार्ग

पर्वत। यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग निर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार १०० मिटरको पर्यटकीय पदमार्ग उत्तरी पर्वतको लेस्पारवासीले श्रमदानमा निर्माण गरेका हुन् । लेस्पार हुँदै मोहरेडाँडासम्म पुग्नका लागि पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले गाउँले रु पाँच लाख बराबरको श्रमदानमा पदमार्ग मर्मत तथा निर्माण गरेका हुन् । मोदी गाउँपालिका–४ क्याङ लेस्पारको खर्सुबास र रेशपातल सामुदायिक वन समूहमा आबद्ध उपभोक्ताले...

विपन्नको उपचारका लागि ६७ लाख सहयोग

म्याग्दी । म्याग्दीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारका लागि रु ६७ लाखभन्दा बढी सहयोग गरेको छ। बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित कोषले हालसम्म ३२ जनालाई सहयोग गरेको हो । मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका विपन्नको उपचारका रु ७८ लाख ३९ लाख ४४९ जुटाइएकोमा रु ६७ लाख ८४ लाख ३३० उपलब्ध गराइएको...

मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ

पर्वत। मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ बनेका छन् । उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । चिसो मौसम सकिएसँंगै मुस्ताङ घुम्ने पर्यटकका कारण कुश्माका होटल भरिभराउ छन् । धौलागिरि क्षेत्रको प्रवेशद्वार...

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

म्याग्दी । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको...

मनाङका २८ वडामा २८ वटै मतदानस्थल

बेसीसहर। हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए । ‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उहाँले भन्नुभयो । निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २०...

बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका गाडीमा रोक

म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघिनै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो भन्दै सडक डिभिजन कार्यालय वाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र...

राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकद्वारा पाँच लाख सहयोग

म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लाग्नुभएको अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन् । स्रोतकेन्द्रअन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गर्नुभयो । स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन् । स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा इन्टरनेटसहित स्वास्थ्य सेवा विस्तारमा अभियन्ता पुनको महत्वपूर्ण भूमिका रहेको छ । सन्...