गण्डकी प्रदेशमा रहेका समाचारहरु

नयाँ वर्षमा ‘गुराँस उत्सव’

बागलुङ। नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष...

म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

बेनी । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान पmेला परेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । नेपालमा नै प्रसिद्धि कमाउन सफल तातोपानी कुन्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न...

भाउजूद्वारा देवरको हत्या

बागलुङ: बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र...

जोमसोम–तिलिचो पदमार्ग मर्मत हुनसकेन

मुस्ताङ: विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम– तिलिचो पदमार्ग मर्मत हुनसकेको छैन । पर्यटकीय मौसम सुरु हुन लागेपनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला समन्वय समिति मुस्ताङले आवश्यक चासो नदेखाउँदा पदमार्ग मर्मत हुन नसकेको हो । जोमसोम, ठिनी, याखर्क हँुदै तिलिचो पुग्ने छोटोदुरीको पदमार्ग सञ्चालन भए पनि त्यसको मर्मत हुन नसक्दा पर्यटक मनाङ हँुदै घुमाउरो मार्ग प्रयोग गर्न बाध्य भएका छन् । समुद्री सतहदेखि चार हजार...

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण

म्याग्दी । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ । एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट (जिएनआई) संस्थाको रु १२ लाख आर्थिक सहयोगमा पुनर्निर्माण भएको भवनको सोमबार उद्घाटन गरिएको छ । स्थानीयवासीले थप रु एक लाख बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष...

मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी

लमजुङ । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । जिल्ला सूरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङसारसम्म सडक पूरै अवरुद्ध भएको र सोमबार चामेबाट सडक सफा...

पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारमा फुकुवा

पोखरा । जिल्ला वर्डफ्ल्यु नियन्त्रण प्राविधिक समिति कास्कीले पोखरा उपहानगरपालिका– १ देखि १८ वडामा लगाइएको पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारको प्रतिबन्धलाई आजदेखि फुकुवा गरेको छ । गत फागुन १४ गते खाल्टे मसिनाकी मीना परियारले पालेका हाँस र माटेमसिनाका दीपेन्द्र केसीले पालेको कुखुरामा वर्डफ्ल्युको जीवाणु देखिएपछि नगरका अन्य क्षेत्रमा रोग नपैmलियोस् भनी प्रतिबन्ध लगाइएको थियो । नगरका अन्य क्षेत्रका पक्षीको प्रयोगशालामा परीक्षण गर्दा वर्डफ्ल्युको सङ्क्रमण नदेखिएकाले आजदेखि पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारमा...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता पौडेल

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ । आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन...

तरकारी खेतीबाटै रु १७ करोड आम्दानी

गोरखा, २३ फागुन । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै होइन बचत पनि गर्नुभएको छ । रेग्मीले भन्नुभयो, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको पानी...

भूकम्पले क्षतिग्रस्त विद्यालयको भवन रोटरीद्वारा पुनःनिर्माण

पर्वत, २३ फागुन । दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ । दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक विद्यालयको भवन रोटरी क्लब अफ द हिमालयन गोर्खाजले पुनःनिर्माण गरिदिएको हो । क्लबले रु १५ लाख ६६ हजारको लागतमा चार कोठे दुई तले भवन निर्माण गरिदिएको हो । भूकम्पले भवन भत्काएपछि चौरमा पढाउनुपर्ने अवस्था भएकाले क्लबले पक्की भवन निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद...