गण्डकी प्रदेशमा रहेका समाचारहरु

एसइइ दिएका कृष्ण भन्छन् -‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन !’

पर्वत । दुवै मिर्गाैला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा म केही हुन्छु कि ?” आर्थिक अभावले उपचार गर्न नसक्दा परीक्षाको नतिजा सुन्न नपाइ मर्छु कि भन्ने चिन्ता बढेको उनले बताए ।स्थानीय नवजागृत माविबाट एसइइ परीक्षा दिनका लागि सदरमुकाम कुस्मा आएका लामिछाने घर फर्किने तयारी गरिरहेका बेला आँशु झार्दै भने–...

व्यवसायीलाई करको दायरामा ल्याइँदै

पोखरा । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ । करप्रति व्यवसायी उत्सुक नदेखिएका कारण व्यवसायीको विश्वास जित्दै उनीहरूलाई करको दायरामा ल्याउने लक्ष्यका साथ कार्यालयले उद्योग वाणिज्य सङ्घ एवम् वस्तुगत सङ्घसँग सहकार्य गर्न लागेको हो । प्रमुख कर अधिकृत लेखनाथ शर्माले कार्यालयले सरोकारवाला निकायसँग छलफल गर्नुका साथै कर बक्यौता राख्ने, स्वास्थ्य सेवा शुल्क नतिर्ने, शिक्षा सेवा कर नतिर्ने, समयमा विवरण पेस नगर्ने, कर कट्टी...

बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

चितवन । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ । काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको...

विकृति अन्त्यका लागि निर्वाचन अपरिहार्य – महासचिव पोखरेल

पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशमा बढ्दै गएको विकृतिको अन्त्यका लागि तीनै तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको प्रथम जिल्ला अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले कुनै एक पार्टीले बहुमत नल्याउँदा सरकार बनाउने र ढाल्ने प्रवृत्ति रहिरहेकाले राजनीतिक स्थायित्वका लागि अब कुनै एक पार्टीले बहुमत ल्याउनै पर्नेमा जोड दिनुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको चर्चा गर्दै उहाँले जनताले पत्याएका र लोकप्रिय नेता...

न्यादी जलविद्युत् आयोजना निर्माण सुरु

बेँसीसहर। बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ। उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक...

मुस्ताङमा ३७ मतदान केन्द्र

मुस्ताङ। वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण...

बाख्रापालनबाट ‘नमुना उद्यमी’

बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । ५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । रु दुई...

रुपान्तरित संरचनानुसार पार्टी सङ्गठन निर्माणमा जुट्दै

पोखरा । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेसँगै कास्की जिल्लामा क्रियाशील राजनीतिक दलले रुपान्तरित संरचनानुसारको पार्टी सङ्गठन निर्माणका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । सरकारले कास्की जिल्लालाई पोखरा लेखनाथ महानगरपालिका सहित रुपा, माछापुच्छ«े, अन्नपूर्ण र मादी गाउँपालिका गरी पाँच तहमा संरचित गरेको छ । जिल्लाको नयाँ संरचनानुसार पार्टीका सङ्गठन निर्माणका लागि यतिखेर कास्कीमा क्रियाशील दलले आआफ्ना भेला तथा छलफललाई अघि बढाएका छन् । स्थानीय तहको आगामी वर्ष वैशाख ३१...

म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव

म्याग्दी । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् । म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो । निर्वाचन कार्यालयका...

कास्कीमा एक सय पचास मतदानस्थल

पोखरा। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ । तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छ«े गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । कार्यालयका प्रमुख सुवेदीका अनुसार हरेक...