गण्डकी प्रदेशमा रहेका समाचारहरु
पोखरा, २३ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा विशाल महादेव मूर्ति र विभिन्न संरचना निर्माण गर्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म सञ्चालित महाशिव पुराणमा रु १० करोडभन्दा बढी सहयोग प्राप्त भएको छ । महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्न आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले महायज्ञमा कुल रु १० करोड १२ लाख ४९ हजार ७६३ सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन...
म्याग्दी, २२ फागुन । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी...
वालिङ, २२ फागुन । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताउनुभयो । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् ।...
पर्वत, २२ फागुन । पर्वतको एक विकट गाउँमा पाँच दिनसम्म सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा दाँत तथा हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया तथा उपचार गरिएको छ । एक हजार दुईसय ८६ दाँतका रोगीको परीक्षण तथा...
पोखरा, २१ फागुन । वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । नेपाल वितरण महासङ्घको आज यहाँ आयोजित पाँचाँै साधारण सभामा उहाँले सरकार निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको हुँदा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभयो । उहाँले देशका रुग्ण उद्योगलाई पुनः व्यवस्थित गर्दै बेरोजगारीका कारण विदेसिएका युवा शक्तिलाई स्वदेशमै रोजगारी दिने गरी सरकारले तयारी गरिरहेको छ भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले व्यापारीले केवल मुनाफामा मात्र...
बागलुङ, २० फागुन । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ । आफ्ना सन्ततिलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन ‘दुव्र्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रभावकारी हुने...
म्याग्दी, २० फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमूलक विशाल जनप्रदर्शन गरिएको छ । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिको आह्वानमा बिहीबार सदरमुकाम बेनीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरी पाँच गाविसवासीले नाराबाजी सहित विरोध ¥याली गरेका हुन् । स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले रघुगङ्गा गाउँपालिकाको केन्द्रको विषयमा देखिएको विवादका कारण गुगल नक्साङ्कनका आधारमा अस्थायी केन्द्रका रुपमा पाखापानीलाई...
स्याङ्जा,१९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् ।फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा उनी अध्यक्षकी उम्मेदवार थिइन् । तर, पराजित भइन् । उनले फेदीखोला-९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार...
म्याग्दी, १९ फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् । स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन् । उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी...
बाबियाचौर ,म्याग्दी, १९ फागुन । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण सम्भावना बोकेको भुरुङ तातोपानी–२ मा अवस्थित बराह गुफा ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको अभावमा उक्त गुफा ओझेलमा परेको हो । करिब पाँच सय मिटर लामो गुफाभित्र विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका आकृति रहेका स्थानीय बासिन्दा ओमबहादुर फगामीले बताउनुभयो । गुफाको नजिकै झरनासमेत रहेको छ । यसको विशेषता र महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु तथा व्यवस्थित पदमार्गको अभावले पर्यटक भित्रन सकेका...