गण्डकी प्रदेशमा रहेका समाचारहरु

निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा

पोखरा, १७ फागुन । क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण गराउने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । क्षेत्रीय प्रहरी कार्यालय, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले बढ्दो सुरक्षा चुनौतीको सामना गर्दै यस क्षेत्रमा सङ्गठित अपराध, गुण्डागर्दी, बढ्दो नयाँ आपराधिक प्रवृत्ति आदिको अन्त्यका लागि नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यालयले...

स्ववियु निर्वाचनका क्रममा झडप, प्रहरी पनि घाइते

लमजुङ (बेसीसहर), १६ फागुन । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते हुनुभएको छ । घाइते हुनेमा नेविसङ्घ समर्थित...

म्याग्दीको स्लेटखानी सञ्चालनमा ल्याउन माग

बेनी (म्याग्दी), १६ फागुन । म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन् । रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भए पनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन् । रुममा रहेको विशाल स्लेट खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सक्ने हो...

निर्वाचनमा भाग लिन इच्छुक दलहरुका लागि छोटो मिति राखेर दल दर्ता आह्वान

काठमाडौ,१५ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा भाग लिन इच्छुक दलहरुका लागि छोटो मिति राखेर दल दर्ता आह्वान खुलाएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति निकालेर फागुन १८ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भई दल दर्ता गरि सक्न आहृवान गरेको हो ।यो आह्वान यसअघि आयोगमा दर्ता भइसकेका दलहरुका लागि मात्रै हो । आयोगले स्थानीय निर्वाचनमा भाग लिने प्रयोजनका लागि नयाँ दल दर्ता खुल्ला गरेको छैन । निर्वाचन...

बर्डफ्लु देखिएपछि नाकामा कुखुरा आयातमा कडाइ

म्याग्दी, १५ फागुन । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कुखुरा आयातमा कडाइ गरिएको छ  ।दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए  । “दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ” – उनले भने । बेनीबजारमा रहेको पोल्टी फार्मले तराई क्षेत्रबाट...

सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी

पर्वत, १५ फागुन । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्  । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका हुन्  । विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना...

मकैको बीउमा आत्मनिर्भर

बाबियाचौर(म्याग्दी) १४ फागुन । मकैको बीउमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।मुख्य खाद्यबालीको रुपमा रहेका मकैको खेतीका लागि आवश्यकपर्ने बीउ जिल्लामै उत्पादन हुन थालेपछि बीउमा आत्मनिर्भर भएको हो । मकै खेतीका लागि वार्षिक २० मेट्रिकटन बीउ आवश्यकपर्ने म्याग्दीमा ३९ मेट्रिकटन बीउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । आन्तरिक मागको आपूर्तिपछि बाँकी बीउ लमजुङ, कास्की, तनहुँ, बागलुङ, पर्वतलगायत जिल्लामा निकासी हुन थालेको छ । पाँच वर्षयता म्याग्दीमा मकैको...

स्थानीय निर्वाचन आशङ्काको घेरामा :नेता नेपाल

फलेवास,पर्वत, १४ फागुन । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो । एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको...

शिवालयमा दर्शनार्थीको भीड

पोखरा, १३ फागुन । महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका...

निर्वाचन मिति घोषणाले गाविस सचिव उत्साहित

पोखरा, १३ फागुन । स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् ।झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आउनुभएका गाविस सचिव अब आपूmहरुको जिम्मेवारीको बोझ हट्ने विश्वास लिएका छन् । विसं २०५४ मा स्थानीय निकायको निर्वाचन भएको र २०५९ मा म्याद सकिएपछि सबै स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए र ती निकायको जिम्मेवारी गाविस सचिवको काँधमा आइपरेको थियो । यही फागुन...