गण्डकी प्रदेशमा रहेका समाचारहरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयललाइ

बागलुङ, १२ फागुन । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट...

एक मात्र सन्तानको दुवै मिर्गौला फेल, परिवारमा बज्रपात

पर्वत, १२ फागुन । दुवै मिर्गाैला फेल भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका एक बालकको परिवारले उपचार खर्चका लागि सहयोग गरिदिन अपिल गरेका छन् । पर्वत जिल्लाको तिलाहार–७ रातामाटाका १९ वर्षीय कृष्णबहादुुर लामिछानेको उपचारमा सहयोग गरिदिन परिवारले सबैसँग आाग्रह गरेको हो । स्थानीय नवजागृत माविमा कक्षा १० मा अध्ययनरत छात्र लामिछाने विगत डेढ महिनादेखि मिर्गौला पीडित बनेका हुन् । माघ पहिलो साता पेट तथा कोखा दुखेपछि परीक्षण गर्न अस्पताल...

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा, ११ फागुन । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भन्नुभयो–...

औषधीय गुण बोकेको सिम्रिकबाट आम्दानी गर्दै भण्डारी

पोखरा, १० फागुन । पोखरा–२३ निर्मलपोखरीस्थित खच्र्याङका अगुवा कृषक टीकाराम भण्डारीको यतिखेर औषधीयगुण बोकेको वनस्पति सिम्रिक राम्रो आम्दानीको स्रोत बनेको छ । महिनाँै अस्पताल धाएर हजाराँै रुपैयाँ बराबरको औषधि खाँदा पनि सन्चो नभएका जोर्नी दुख्ने बिरामीका लागि आयुर्वेदिक महत्वको सिम्रिक बरदान सावित हुनाका साथै उहाँको थप आम्दानीको स्रोत बनेको हो । छ वर्षअघि घरको छेउमै बारीको डिलमा रोपेका १६ मध्ये १४ वटा बिरुवाले उत्पादन दिन थालेको बताउँदै भण्डारीले सिम्रिक बिक्रीबाट पहिलो...

पोखरामा जङ्गल महोत्सव हुने

पोखरा, ९ फागुन । वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ । युवाको समूह परिचय नेपालद्वारा पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिमा रमाउन पाउने व्यवस्था गरिएको छ । संस्थाका अध्यक्ष सोभियत बस्यालका अनुसार जङ्गली जीवनशैली...

तीन सातापछि कुश्मा–बेलवा यान्त्रिक पुल सञ्चालन

पर्वत, ९ फागुन । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ । यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो । पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ । पुलको लट्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लट्ठा परिर्वतन गरी सञ्चालन गरिएको कुश्मा बलेवा यान्त्रिक पुल...

सहमतिमै निर्वाचन घोषणा हुन्छ – वनमन्त्री भण्डारी

दमौली, ७ फागुन । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले सहमतिमै निर्वाचन घोषणा हुने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका– १ स्थित निर्मल माविको ४८औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै वन मन्त्री भण्डारीले सरकार दलहरुबीच सहमति गरेरै निर्वाचन घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । ‘प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग सहमति गरेर मात्रै निर्वाचन घोषणा गर्ने तयारीमा सरकार छ,” मन्त्री भण्डारीले भन्नुभयो । विसं २०७४ माघ ७ भित्रै तीनवटै तहको निर्वाचन...

विद्यालयलाई दश लाख सहयोग

 म्याग्दी, ७ फागुन । म्याग्दीको देवीस्थानस्थित भिम माविलाई एकै परिवारले रु १० लाखभन्दा बढी नगद सहयोग गरेका छन्।देवीस्थान–२ का धाजेन्द्र, विश्व, सुरेन्द्र र वीरेन्द्र तुलाचनले दिवङ्गत बुबा गङ्गाबहादुर तुलाचनको स्मृतिमा सो विद्यालयलाई रु १० लाख २५ हजार सहयोग गरेका हुन् । विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोगदातालाई सम्मान गर्दैै स्थानीय तमबहादुर पुर्जाले तुलाचन परिवारको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताए । उक्त सहयोग रकम कक्षा ११ र...

‘मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ’

पोखरा, ६ फागुन । मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गाईपालन व्यवसायबाट देखाइदिएका छन् । उनले दूध बेचेर मासिक रु एक लाख आम्दानी गरेका छन् । खैरेनी कृषि फार्म दर्ता गरी विगत सात वर्षदेखि सो व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आएका छन् । उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ । पौडेलले हाल १३ वटा उन्नत...

सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने – सञ्चार सचिव

पोखरा, ५ फागुन । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पोको उद्घाटन गर्दै उनले सर्वसाधारण नेपाली जनतामा सूचनाको पहुँच पुर्‍याउन सूचना तथा प्रविधिको क्षेत्रमा धेरै काम सुरु गरिएको जानकारी...