गण्डकी प्रदेशमा रहेका समाचारहरु

हेमराज स्मृति पुरस्कार विमल स्मृति पुस्तकालयलाई

पोखरा, २८ माघ । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार धरानको स्व विमल गुरुङ स्मृति पुस्तकालयलाई दिइने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा गठित प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । फणीन्द्र अकिञ्चन संयोजक र वासुदेव अधिकारी तथा शिव खकुरेल समितिको सदस्य रहनुभएको थियो । प्रत्येक दुई÷दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । पुरस्कारका लागि स्व...

पोखरामा स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

पोखरा, २७ माघ । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् । निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताउनुभयो । “निर्वाचन हुने सबै...

राष्ट्रिय आविष्कार केन्द्रलाई रु दुई करोड

म्याग्दी, २७ माघ । सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा रु दुई करोड सङ्कलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रु ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो । अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतःस्फूर्त...

श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने नेतृत्व आवश्यक

पोखरा, २६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचाैँ अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ । श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अभैm पनि समावेशी बन्न नसकेको बताए  । कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता...

बाक्लै देखिने गौँथली विस्तारै हराउन थाले

बेनी, २६ माघ । कुनै समय बाक्लै देखिने गौँथली विस्तारै हराउन थालेका छन् । जिल्ला सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङलगायतका क्षेत्रमा पाँच÷छ वर्ष अगाडि घरैपिच्चे देखिने गौँथली गुँड छोडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गौँथलीले मानवबस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका कारणले विस्तारै वासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताउनुभयो । “वासस्थान र चरन क्षेत्र प्रमुख कारण हो । भौतिक संरचना गौँथली मैत्री छैन्” –...

हत्यामा संलग्न १२ जना अभियुक्तलाई स्याङ्जा प्रहरीको नियन्त्रणमा

वालिङ, २५ माघ । एक पुरुषको हत्यामा संलग्न १२ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक वीरबहादुर पुलामीका अनुसार स्याङ्जाको आरुचौर–४ मा गत पुस २७ गते राति धारिलो हतियार प्रयोग हिमाली भेगबाट घुम्ती व्यापारका लागि आएका एक पुरुषको हत्यामा संलग्न स्थानीय १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । “एक महिना अगाडि घुम्ती व्यापार गर्दै हिडेका अन्दाजी ५० वर्षको नाम...

लेखनाथ महोत्सवको तयारी पूरा

पोखरा, २५ माघ । लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिनुभयो । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार...

आगलागीमा जलेर दुई बालबालिको मृत्यु

बागलुङ, २४ माघ । जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । मृतकका...

घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने

लमजुङ, २४ माघ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा माग गर्न पाउँदैनन् । स्थानीयवासीको क्षमताभन्दा बाहिरको...

गरिबीका कारण मृत्युलाई कुर्नुपर्ने बाध्यता पुगिन एक महिला

म्याग्दी, २४ माघ । दुवै मिर्गौलामा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गराउन नसकेकी म्याग्दीकी एक महिला गरिबीका कारण मृत्युलाई कुर्नुपर्ने बाध्यतामा पुग्नुभएको छ । म्याग्दी बाबियाचौर–३ की ५० वर्षीया टीकाकुमारी शर्माले उपचार गराउने पैसा नभएपछि मृत्यु कुर्नुबाहेक अर्को विकल्प नभएको बताउनुभएको हो । शर्माले सहृदयी व्यक्तिसँग उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । एक वर्षअगाडि दुवै मिर्गौलामा खराबी देखिएपछि घरको सम्पत्ति र ऋण खोजेर उपचार गराइरहेकी शर्माको थप उपचारमा आर्थिक...