गण्डकी प्रदेशमा रहेका समाचारहरु

विकट गाउँमा सञ्चालित महायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन

पर्वत, २४ माघ । यहाँको एक विकट गाउँमा सञ्चालित हायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन भएको छ । दक्षिण पर्वतको रानीपानी गाविसमा सञ्चालित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु दुई करोड २५ लाख रकम सङ्कलन भएको हो । स्थानीय नेपाल तारा माविमा स्नातक तह सञ्चालन गर्ने र प्राविधिक विषयको पठनपाठनलाई थप स्तरोन्नति गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । आइतबार सकिएको महायज्ञबाट उक्त रकम सङ्कलन भएको महायज्ञमूल...

हत्या गरेको आरोपमा दुई युवा पक्राउ

बागलुङ, २३ माघ ।गत बुधबार राति जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीया कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ। बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षिय भिमबहादुर थापामगर र २५ वर्षीया विष्णु थापामगर छन् । मादक पदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ। आरोपित दुवैले...

बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी, २३ माघ । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ  ।रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए  । “सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ”, इन्जिनियर केसीले भने, “आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका...

पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

फलेवास (पर्वत), २३ माघ । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताउनुभयो । कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए । समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान...

घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय

लमजुङ, २२ माघ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् । “सङ्ग्रहालय गुरुङ संस्कार र सस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेगाउँ ग्रामीण...

स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त – डा कोइराला

पोखरा, २२ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले यथास्थितिकै स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को आयोजनामा ‘राजनीतिक सङ्क्रमण  नेपाली काँग्रेस र अबको वाटो’ विषयक कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसारको स्थानीय तहको निर्वाचन गर्न अझै दुई÷तीन वर्ष लाग्ने भएकाले पुरानै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने सुझाव दिनुभयो । संविधान कार्यान्वयनका लागि आउँदो...

गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत

गोरखा, २१ माघ । जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो । क्षेत्र नं १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नं...

निर्वाचन कार्यालय कास्कीमा २३ दल दर्ता

पोखरा, २१ माघ । जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता भएका छैनन् । दर्ता भएका राजनीतिक दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय शिव...

सीता बचाउ अभियानमा करिब रु ४० लाख

म्याग्दी, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब रु ४० लाख सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो । सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको उपचारमा न्यूनतम रु ७० लाख खर्च हुने भएपनि हालसम्म रु ४० लाख मात्र आर्थिक सङ्कलन...

माविलाई समुदाय स्तरबाट रु ९१ लाख सहयोग प्राप्त

बाबियाचौर (म्याग्दी), २० माघ । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई समुदाय स्तरबाट रु ९१ लाख सहयोग प्राप्त भएको छ । विद्यालयमा बुधबार सम्पन्न म्याग्दी बेनी तातोपानी शैक्षिक, धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमार्फत नगद रु ९१ लाख सहयोग जुटेको हो । विद्यालयमा प्राविधिक शिक्षाको विस्तार गर्ने, निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन, नमुना पुस्तकालय स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले माघ १३...