गण्डकी प्रदेशमा रहेका समाचारहरु

म्याग्दीमा ५० वटा प्लास्टिकका पोखरी निर्माण

म्याग्दी, ५ फागुन । तरकारी तथा फलफूलका लागि जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ ।सुन्तलाजात फलफूल तथा तरकारीको उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यसहित चालु आवको वार्षिक कार्यक्रमअनुसार पोखरी निर्माण गर्न लागिएको हो । साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ र सुन्तला बगैँचाका लागि ३ वटा पोखरी निर्माण गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पाइप खरिद तथा कुलो निर्माण गरी कृषि...

गाउँ पर्यटनसम्बन्धी पत्रकारिता पुरस्कार स्थापना

पोखरा, ४ फागुन । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल भिटोफ’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ । गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवद्र्धनमा योगदान पुर्‍याएका स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेक अध्यक्ष सुशीलादेवी गुरुङलाई...

दैनिक गुजारा चलाउन सयौँ मजदुर बालुवा बोक्दै

पोखरा, ४ फागुन । बिहानको घाम झुल्केसँगै छ दशक पार गरेका साइला गुरुङ सेती नदीको किनारमा पुग्छन् । बालुवा चाल्ने र बोकेर बाटोमा ल्याउने उनको दैनिकी जस्तो नै छ । उमेर ढल्की सकेकाले शरीरमा तागत छैन, तै पनि सकी नसकी लौरो टेकेर आफूले चालेको बालुवा बोरामा राखेर बिसाउँदै गर्दै उनले बाटोमा ल्याउने गर्दछन् । सानैमा बाबुआमाको मृत्यु भएकाले उनले पढ्न पनि पाएनन् । घरपरिवारमा को को छ नि सोध्दा उनले नियाउरो...

दाताको सहयोगमा गाउँमै बन्यो प्यारापिटसहितको खेलमैदान

पर्वत, ३ फागुन । जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा । पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ । क्लबले रु छ...

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

पोखरा, ३ फागुन । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पु¥याउने रहेको एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिनुभयो । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी,...

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

बेनी, २ फागुन । म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो। म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको डेरीमा रहेका कतिपय पोकामा उत्पादन मितिसमेत छैन। सामान बरामद गरी सिलबन्दी गरेको मन्त्रालयका शाखा अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले...

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

वालिङ, १ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । “स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भन्नुभयो, “पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका,...

बाख्रापालनले बनायो उद्यमी

बागलुङ । दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उनले सुरु गरेको...

विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

पोखरा, २९ माघ । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल र्‍यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् । मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञको सन्दर्भ पारेर पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिको संयोजनमा करिब २५० कार र ३०० मोटरसाइकलसहितको र्‍यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो...

इन्टरनेट विस्तार योजना अलपत्र

म्याग्दी, २८ माघ । नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ। सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो। आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थानीय विकास अघिकारी प्रेमराज गिरीले बताए  ।...