गण्डकी प्रदेशमा रहेका समाचारहरु
बाबियाचौर (म्याग्दी), १९ माघ । म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षीया भण्डारीको उपचारका लागि मङ्गलबारदेखि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन संस्थाका पदाधिकारी तथा संस्थापकबाट रु ३१ हजार सहयोग प्राप्त भएको छ । दुई छोरा र दुई छोरीकी आमा भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन...
पोखरा, १९ माघ । फोटोसहितको मतदाता नामावली सङ्कलनमा कास्कीमा चार हजार ३८५ जना नयाँ मतदाता थपिएका छन् ।आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालयले गत पुस १० गतेदेखि सुरु गरेको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा दुई हजार ३१९ जना पुरुष र दुई हजार ६६ जना महिलाले नाम दर्ता गरेको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिइन् । कार्यालयले विभिन्न जिल्लामा घर भई हाल पोखरामा बसोवास गर्दै आएका...
दमौली, १८ माघ । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै आज बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै...
बाबियाचौर (म्याग्दी), १८ माघ । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो । तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गादान गर्नुभएको मूल...
बेनी (म्याग्दी), १८ माघ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो देखाएपछि तीन दिनसम्मलाई बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। महायज्ञ अवधिभर २ बजे पछाडि कुण्डमा स्नान गर्न आएका बिरामी महायज्ञस्थलमा जाने गरेका छन् । कुण्डकी कर्मचारी मेखी...
नेपालगन्ज, १७ माघ । लोडसेडिङ हटाएर सर्वत्र चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक वर्षमा विद्युत प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पुर्याउने बताएका छन् । सोमबार पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमालाई सम्बोधन गर्दै घिसिङले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।’ घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने...
बाबियाचौर (म्याग्दी), १७ माघ । म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन्। बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन्। चार वटा वडामा रहेका आमा समूह, पुख्र्यौली समूह र युवा क्लबले रु सात लाख सहयोग गरेका विद्युतीकरण उपभोक्ता समितिका सदस्य वुद्धिबहादुर जुक्जालीले जानकारी दिनुभयो । सदस्य जुक्जालीका अनुसार स्थानीय सङ्घ संस्थाले गाउँमा लाहुरे...
दमौली, १६ माघ । घरबाट पाँच दिनदेखि हराएका एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन् । भिरकोट गाविस–५ घर भई हाल काहुँ शिवपुर–१ झापुटार बस्दै आएका ४९ वर्षीय दुर्गाबहादुर रानाभाट मृत अवस्थामा फेला परेको घटनास्थल पुगेका प्रहरी निरीक्षक विजय पौडेलले बताउनुभयो । सेती र मादी नदीको दोभानभन्दा केही तल ढुङ्गाको अन्तरमा अल्झेको अवस्थामा शव फेला परेको थियो । माघ १२ गते घरबाट हराएका रानाभाटको घरपरिवारले खोजी गरिरहेका थिए । मृतकको...
पर्वत,१६ माघ । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । एमालेको आवरण राष्ट्रवादका कारण अस्थीर राजनीतिले बढावा पाएको उनले टिप्पणी गरे । आइतबार पर्वतमा आयोजित एक कार्यक्रममा मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको मन्त्री निधिको आरोप छ । संविधान संशोधनमा एमालेले गरेको...
बेनी (म्याग्दी), १६ माघ । लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् । म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् । हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्ववाट नै लोपहुने अवस्थामा रहेका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएको चिमखोलाका स्थानीयवासी धु्रव पाइजाले जानकारी दिनुभयो...