गण्डकी प्रदेशमा रहेका समाचारहरु

तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी

दमौली, १६ माघ । तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी रहेका छन् । ६४ औ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँमा ११ जना पुराना र ६ जना नयाँ कुष्ठरोगी छन् । तीमध्ये १६ जना सर्ने र एकजना नसर्ने कुष्ठरोगी रहेको उहाँले बताउनुभयो । जिल्लाको दुलेगौडामा तीन, खैरेनीटारमा एक, ब्यास...

सर्वसिद्विधाम निर्माणले गति लिँदै

बागलुङ, १५ माघ । बागलुङ नगरपालिका– ८ पञ्चकोटमा ‘विश्वशान्ति सर्वसिद्विधाम’ निर्माणको लागि रु दुई अर्बको योजना अघि बढेको छ । पञ्चकोट क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम भइरहेको छ । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको हो । पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश, ५,५५५ किलोको मुक्तिनाथ महाघन्ट, कलात्मक मठ, मन्दिर, मूर्ति, आश्रम, गौशलालगायतका संरचना निर्माण गरिनेछ । हालसम्म रु नौ...

मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध

फलेवास (पर्वत), १५ माघ । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक...

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि …

फलेवास (पर्वत), १४ माघ । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव...

दुई जना डाक्टरहरुलाई निस्काशन गर्दा गण्डकी मेडिकल कलेज २४ दिन देखि बन्द

पोखरा,१३ माघ । चिकित्सक निस्कासनलाई लिएर सुरु भएको विवादसँगै पोखरास्थित गण्डकी मेडिकल कलेज बन्द भएको ४५दिनभइसक्यो । तर, न त पठनपाठन सुरु भएको छ, न अस्पताल नै खुल्न सकेको छ ।पछिल्ला केही दिनदेखि वार्ता भने चलिरहेको छ । तर, सहमति हुन सकेको छैन । गण्डकी मेडिकल कलेजमा कार्यरत डा. विनम्र बस्नेत र डा. विवेक रञ्जितकारलाई अस्पतालले निष्कासित गरेपछि विवाद सुरु भएको थियो। निष्कासित चिकित्सकहरुको पुनर्बहाली गर्नुपर्ने, करारमा रहेका कर्मचारीलाई स्थायी गर्नुपर्ने,...

सम्पूर्ण सुरक्षा निकायहरु निर्बाचनको लागि तयारी भएर बस्नुहोस:प्रधानमन्त्री

पोखरा, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति सुरक्षा र अमनचयन राख्न सफल बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताउनुभयो । सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न...

एक महिलासहित २५ इन्स्पेक्टरको तालिम पूरा

पोखरा,१३ माघ। सशस्त्र प्रहरी बलमा ११ औं ब्याजका २५ जना इन्स्पेक्टरहरु बिहीबारबाट पास आउट भएका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाट पोखरामा आयोजित दीक्षान्त समारोपछि एक महिलासहित २५ जनाले सशस्त्रको इन्स्पेक्टरको फुली लगाउनेछन् । सशस्त्र प्रहरीको ५४ हप्ताको तालिममा मौसम पोखरेल उत्कृष्ट भएका छन् । त्यस्तै कवाजतर्फ बुद्ध श्रेष्ठ र चाँदमारीतर्फ शुभाष भट्टराई उत्कृष्ट भएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।   उत्कृष्टहरुलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कार दिने छन्...

ट्याक्सी खोलामा खस्दा तीन गम्भीर घाइते

दमौली, १२ माघ । पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–७ स्थित कुम्ले खोलाको पुलबाट आज ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ट्याक्सी चालक पोखरा घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट पोखरा जाँदै गरेको ग १...

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

लमजुङ, १२ माघ । लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार...

गोरखाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान

गोरखा, १२ माघ । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो । भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भविद् डा दण्डपाणि अधिकारीले जानकारी दिनुभयो । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो । उहाँले भन्नुभयो–“जापानको...