गण्डकी प्रदेशमा रहेका समाचारहरु
बेनी (म्याग्दी), १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको अस्तित्व पूर्णतः प्रमाणित भएको हो । म्याग्दीको...
पोखरा, ११ माघ । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ। पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँँदै संविधानको रक्षा, संवद्र्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनुभयो । घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिबद्ध छ भन्दै यसको संशोधन भन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ । विसं २०७४ माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने...
लमजुङ (बेँसीसहर), ११ माघ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ । डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द...
कास्की,११ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हितविपरीत भएकाले संशोधन प्रस्तावलाई एमालेले मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे । हिजो संविधान च्यात्छौँ,...
वालिङ, ११ माघ । स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण...
पर्वत, ११ माघ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन् । जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो । उक्त सहयोग रकम आइतबार एक कार्यक्रमको अवसरमा पर्वत जिल्ला क्षेत्र नम्बर...
पोखरा, १० माघ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गर्नुभयो । निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा गर्न आग्रह गर्दै उहाँले अर्को सालको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान...
म्याग्दी, १० माघ । सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो । सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको...
पोखरा, १० माघ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताउनुभयो । अनेकाँै बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आगामी माघ ७ गते तीनै...
पर्वत, १० माघ । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ । पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् । आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो । समाजले कतारमा रहेका...