गण्डकी प्रदेशमा रहेका समाचारहरु

विद्यालय पूर्वाधार निर्माणका लागि दुई करोड सहयोग

 म्याग्दी, १० माघ । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ । गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो । मुदीको वुद्धिविकास माविलाई रु एक करोड, ओखरबोटको सिद्धार्थ आधारभूत विद्यालयलाई रु ७५ लाख ९३ हजार र देवीस्थानको भिम माविलाई रु १५ लाख सहयोग...

संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत – अध्यक्ष ओली

पोखरा, ९ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आजदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताए । पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उनले...

दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

बाबियाचौर (म्याग्दी), ९ माघ । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ । चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताउनुभयो । छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन् । “एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको...

बालबालिकाले छुटाए अभिभावकको कुलत

बेनी (म्याग्दी), ९ माघ । घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन् । म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन् । उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताउनुभयो । प्रअ कार्कीका अनुसार आफ्ना छोराछोरीको करले...

बेनी–जोमसोममा सिन्डिकेट तोडियो, यात्रुलाई सहज

मुस्ताङ, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन् । एक वर्षदेखि म्याग्दी र...

संशोधन थाँती राखे समझदारी हुने : ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभयो । “सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ” सचिव ज्ञवालीले भन्नुभयो । संविधान...

कुञ्जोको जंगलमा भीषण आगलागी

मुस्ताङ, ८ माघ । मुस्ताङको कुञ्जो गाविसको जङ्गलमा शुक्रबार दिउँसोदेखि लागेको भीषण आगलागी नियन्त्रणमा आउन सकेको छैन । वन संरक्षण व्यवस्थापन कुञ्जोले उपभोग गर्दै आएको पाङ जङ्गलमा लागेको आगो दुई दिनदेखि नियन्त्रण बाहिर छ । आगलागी हुने बित्तिकै स्थानीय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रतिनिधिले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन नसकेको एक्याप व्यवस्थापन समिति, कुञ्जोका अध्यक्ष गणेश थकालीले जानकारी दिनुभयो । आगो फैलिँदै जाँदा जङ्गल नजिकै रहेको झिप्राको...

शौचालय बनाउँदा बम भेटियो, आज मात्रै बम डिस्पोजल हुने

गोरखा, ७ माघ । गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ । प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान...

एचआइभी सङ्क्रमितहरु कठिन अवस्थामा

पोखरा, ६ माघ । कास्कीको पुरुञ्चौरमा बस्दै आएका एचआइभी सङ्क्रमितलाई अहिले दैनिक जीवन धान्न निकै कठिनाइ परेकोे छ।आम्दानीको स्रोत नभएपछि कसरी बिहान बेलुकाको छाक टार्ने भनेर उनीहरुमा चिन्ता बढ्दै गएको हो । एचआइभी सङ्क्रमित भएपछि समाजको हेय र दुव्र्यवहारका कारण सो ठाउँमा आंकुरा केयर भिलेज संस्थाको सहयोगमा चार सङ्क्रमित र एक अपाङ्ग बस्दै आएका छन् । दैनिक गुजाराका लागि केही आम्दानी होलाकी भनेर पाल्दै आएका बाख्रा पनि रोग लागेर मर्न थालेपछि...

घरबाससहित पर्यटकीय गन्तब्यको पहिचान बनाउँदै मिर्सा गाउँ

पोखरा, ६ माघ । हिमालको काखमा अवस्थित कास्कीको माछापुच्छ«े गाउँ विकास समिति वडा नं ७ र ८ मा रहेको मिर्सा गाउँ घरबास होमस्टे कार्यक्रम सँगै स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राचीन गुरुङ वस्तीका रुपमा रहेको ढुङ्गैढुङ्गाले छापिएको यो गाउँको शीरमा देखिने अन्नपूर्ण दोस्रो र चौथो हिमालका साथै वरपरको रमणीय दृश्यले जो कोही पर्यटकलाई आकर्षित गर्ने गरेको छ । अधिकांश गुरुङ जाति बसोबास गर्ने गरेको यो गाउँमा...