गण्डकी प्रदेशमा रहेका समाचारहरु

बस र ट्र्याक्टर ठोकिँदा ३३ घाइते

तनहुँ, ५ माघ । व्यास–३ मुसेखोलामा आज यात्रु बस र ट्र्याक्टर ठोकिँदा ३३ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४७० नं को बस र विपरीत दिशामा गुडिरहेको लु ३ त २८४१ नं को ट्रयाक्टर ठोकिँदा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्य दमौली अस्पताल र चिकित्सालयबाट उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । ...

पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ:कांग्रेस महामन्त्री

बेँसीसहर, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने दावी गरेका छन् ।बुधबार एक कार्यक्रमका लागि लमजुङ पुगेका उनले पुरानै संरचनामा निर्वाचन गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘पुनःसंरचनामा धेरै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।’ उनले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिने बताए । महामन्त्री कोइरालाले स्थानीय निर्वाचन...

बागलुङ नपाको बजेट रु साढे पन्ध्र करोड

बागलुङ, ५ माघ । बागलुङ नगरपालिकाले आगामी आवको लागि रु १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४÷०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो । परिषद्को निर्णयअनुसार चालुतर्फ रु दुई करोड ५० लाख र पुँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, सरसफाइ र कृषि तथा पर्यटन विकासका लागि प्राथमिकता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो । भूकम्प...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

म्याग्दी, ४ माघ । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाैँको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका...

रक्तक्यान्सरबाट पीडित क्षेत्रीलाई सहयोग

म्याग्दी, ४ माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारका लागि रु ३५ लाख सहयोग सङ्कलन भएको छ । उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा उक्त सहयोग जुटेको हो । गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । करिब एक...

पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण

पोखरा, ४ माघ । कास्कीको पर्यटकीय गाउँ मिर्सामा सञ्चालित घरवास कार्यक्रमलाई अभिप्रेरित गर्न परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल कास्कीको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रवद्र्धनमा उक्त भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीले मिर्सा गाउँमा सञ्चालित घरवास कार्यक्रमको अवलोकन गरेको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला अध्यक्ष तारानाथ पहारीले घरवास कार्यक्रमको प्रभावकारिताका लागि स्थानीय समुदायले देखाएको...

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व हो: सभापति देउवा

पोखरा, ३ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताएका छन् । नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उनले पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको उल्लेख गरे । संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको...

सामुदायिक वनका पोखरी पुरिन थालेपछि प्राकृतिक सम्पदा लोपहुँदै

बेनी (म्याग्दी), ३ माघ । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् । तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भन्नुभयो, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी...

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

दमौली, ३ माघ । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताउनुभयो । महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समापन गर्नुभयो । समापन कार्यक्रममा मन्त्री भण्डारीले आर्थिक, सामाजिक तथा...

संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः सभापति देउवा

वालिङ, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल आदर्श क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २०७४ माघभित्र तीनवटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटतर्फ धकेलिन सक्ने खतरा रहेको बताए । ‘संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल मिल्नुको विकल्प छैन,’ उनले भने, ‘२०७४ माघभित्र स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुन सकेन भने...