गण्डकी प्रदेशमा रहेका समाचारहरु
पोखरा, २ माघ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताउनुभएको छ । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उहाँले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा...
पोखरा, २ माघ । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो समयसम्म यसको संरक्षण हुन नसक्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ । विसं २०१६ सालमा निर्माण सुरु भै २०१८ सालमा सञ्चालित पालुङटार विमानस्थल २०३५ सालमा बन्द भई सञ्चालनमा आउन नसकेको पोखरा...
पोखरा, २ माघ । सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् । त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब,...
पोखरा, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा उपमहानगरपालिका २१ आँै नगर परिषद्को सार्वजनिकीकरण समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको छ । उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने बताउनुभयो । “पोखरालाई एउटा स्मार्ट सिटीका रुपमा विकास गर्न राज्यको...
बागलुङ, २८ पुस । धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा...
मुस्ताङ, पुस २८ थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट करिब ७ सय जना लाभाविन्त भएका छन्। कोबाङमा यही पुस २५, २६ र २७ गते आयोजना गरिएको निःशुल्क शिविरमा १२ जना चिकित्सकले मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, जोमसोम, लेते, कोबाङका करिव ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको र एकै स्थानबाट स्वास्थ्य परीक्षणसहित विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी परिवारका अध्यक्ष विश्व शेरचनले बताए। प्रेसर, युरिक...
बागलुङ, २६ पुस । मौरीपालनमा किसानको आकर्षण बढेको छ । कम लगानी र खर्चमा मनग्य आम्दानी हुनथालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लाभर पाँच हजार ६८६ घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ । दुई वर्षअघि २५ टन मह उत्पादन भएकामा गत आर्थिक वर्षमा २८ टन उत्पादन भएको उहाँले बताउनुभयो । मौरीपालनमा किसानलाई आकर्षित गर्न कार्यालयले घारमा ५० प्रतिशत अनुदान...
गोरखा, २६ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रु छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते निर्धारण गरेको मुआब्जाअनुसार पहिलो चरणमा तीन गाविसका चार हजार ४१ रोपनी जग्गाका लागि रु दुई अर्ब ६६...
पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उहाँले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताउनुभयो । देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उहाँले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई...
पोखरा, २५ पुस । नेपाल पर्वतारोहण सङ्घले स्थानीय रातोपैराह्रामा निर्माण गरी एक दशकअघि देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यतिखेर स्वदेशी तथा विदेशी विद्यार्थीप्रति निक्कै लोकप्रिय बनेको छ । हिमाल र हिमालको काँठामा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिने भएकाले सङ्ग्रहालयप्रति विद्यार्थीको आकर्षण बढेको हो । विसं २०६० माघ महिनादेखि सञ्चालनमा आएको यस सङ्ग्रहालयको २०७३ साल मङ्सिर महिनासम्म छ...