गण्डकी प्रदेशमा रहेका समाचारहरु
बाबियाचौर (म्याग्दी), २५ पुस । म्याग्दीका सरकारी कार्यालय प्रमुखले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे घोषणापत्र जारी गरेका छन् । बेनीमा आइतबार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुखको विशेष बैठकमार्फत घोषणापत्र जारी गरिएको हो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाको आतिथ्यतामा बैठक बसेको थियो । सूचना लिने दिने संस्कृतिको विकास गरी पारदर्शिता, जवाफदेहीता र सुशासन कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सूचनाको हकको...
पोखरा, २४ पुस । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गर्नुभएको छ । नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उहाँले बताउनुभयो । “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी रु दुई सय ५० का दरले बिक्री हुने गरेको छ,”...
पर्वत (फलेवास), २४ पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लुकाउनेहरु दण्डका भागी हुने बताउनुभएको छ । आज बिहान सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका बास्कोटाले रासससँग कुरा गर्दै जसले सूचना लुकाउँछ त्यसले भ्रष्टाचार बढाउने र सुशासन कायम हुन नदिने भएकाले त्यस्ता सूचना अधिकारीलाई दण्डित गर्नुपर्ने बताउनुभयो । “सू्चना लुकाउने जोसुकैलाई पनि तत्काल नागरिकले उजुरी दिनसक्छन् ” उहाँले भन्नुभयो । ...
बागलुङ, २३ पुस । जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो । सरदर रु. ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताउनुभयो । कात्तिक–मङ्सिरमा...
म्याग्दी (बेनी), २३ पुस । पहाडी जिल्ला म्याग्दीमा व्यावसायीक सुन्तलाखेती महिलाका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । घरायसी काममा सीमित र परिवारका अन्य सदस्यमा निर्भर रहेका महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तलाखेती विस्तार गरेपछि तीन वर्षयता यहाँका महिलाले रहरलाग्दो आम्दानी गरिरहेका छन् । जिल्लामा महिलाको नेतृत्वमा रहेका कृषक समूहले व्यावसायिक सुन्तलाखेती विस्तार गरेर वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् । म्याग्दी भकिम्ली– २ मरेककी एकल महिला...
पोखरा, २२ पुस । माघेसङ्क्रान्तिको अवसरमा राष्ट्रिय परोपकार महासङ्घ, नेपालको आयोजनामा यही पुस २७ गतेदेखि माघ ४ गतेसम्म पोखरामा श्रीमद्भागवत माघेसङ्क्रान्ति महोत्सव हुने भएको छ । महोत्सव पोखरा उपमहानगरपालिका– १५, ढुङ्गेसाँघुस्थित परोपकार आश्रममा हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले असहायको सहयोगका साथै प्रकृति संरक्षणलगायतका विभिन्न अभियानलाई साकार पार्न महोत्सवको आयोजना गरिएको बताउनुभयो । प्राचीन कालदेखि माघेसङ्क्रान्तिका अवसरमा प्राकृतिक पुल ढुङ्गेसाँघुमा लाग्ने मेलाको जगेर्ना...
फलेवास (पर्वत), २२ पुस । कुश्मा नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आव ०७४÷०७५ का लागि रु १६ करोड ४० लाख ४२ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्नुभएको हो । सोअनुसार पुँजीगत बजेटतर्फ रु नौ करोड १ लाख १९ हजार छ सय र चालुतर्फ रु सात करोड ३९ लाख २२ हजार छ सय...
फलेवास (पर्वत), २१ पुस । माझफाँट गाविसमा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि कृषक हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष यहाँ सुन्तलाको उत्पादन तेब्बरले बढेको छ । माझफाँटस्थित ब्राह पुर्नगाउँ चिनाखेत सुन्तला कृषि सहकारीका अध्यक्ष यामबहादुर कार्कीले पाँच रोपनीमा उत्पादन भएको सुन्तलाबाट गत वर्ष रु दुई लाख ७५ हजार आम्दानी भएकामा यस वर्ष रु छ लाख आम्दानी भएको बताउनुभयो । “पहिला डोकोमा बोकेर बेनी र कुश्मासम्म पु¥याउनुपर्ने बाध्यता थियो,...
म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४७५ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमहरूका लागि रु साढे सात करोडभन्दा बढीको बजेट प्रस्ताव गरेको छ । आज सम्पन्न चौथो नगरपरिषद्बाट रु सात करोड ६८ लाख २३ हजार रुपैयाँ बजेटसहित आगामी आर्थिक वर्षको नीति योजना तथा कार्यक्रमहरू सार्वजनिक गरिएको हो । पुँजीगततर्फ रु छ करोड ५ लाख अठासी हजार र चालुतर्फ रु एक करोड ६२ लाख ३५ हजार...
पोखरा, पूस २० । सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराद्वारा आयोजित पत्रकारसम्मेलनमा क्याम्पस प्रमुख नारायण गौतमले यही पुस २२ र २३ गते प्रदर्शनी आयोजना गरिने जानकारी दिनुभयो । उहाँले प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक आधारशिलाको विकासका साथै वस्तु तथा सेवाको उत्पादनमा मितव्ययिता र...