गण्डकी प्रदेशमा रहेका समाचारहरु

पर्यटनको विकासबिना देशको समृद्धि असम्भव’

बेनी (म्याग्दी), २२ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन क्षेत्रको विकासबिना देशको समृद्धि सम्भव नभएको बताउनुभएको छ । बानियाँ बन्धु समाज जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा आजदेखि बेनी नगरपालिका–११ भीरमुनीमा सुरुभएको श्रीमद्भागवत् धनधान्याचल एवम् पितृमोक्ष सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले पर्यटनको विकासका लागि धार्मिक र आध्यात्मिक क्रियाकलाप सहयोगी हुने विचार व्यक्त गर्नुभयो । यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा पं नारायणप्रसाद न्यौपाने प्रमुख कथावाचक रहनुभएको...

सबै एक भएमात्रै देश अघि बढ्छ – मन्त्री शाही

पोखरा, २२ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सबै एकजुट भएमा मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । घुमफिर वर्ष २०७३ को सन्दर्भमा पश्चिमाञ्चल उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको ‘पश्चिमाञ्चल क्षेत्रमा पर्यटन विकासका संभावना’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू मन्त्री पदमा बहाल रहेसम्म पर्यटन प्रवद्र्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शाहीले एक घण्टाको कामलाई १० घण्टा लगाइदिने कर्मचारीको सोचमा पनि परिवर्तन आउनुपर्ने...

टिपरको ठक्करबाट मृत्यु

पोखरा, १९ मङ्सिर । पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोकस्थित चाइना पुलमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग १ ख४३५० नं को टिपरले ग २ प १०६६ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पोखरा– १८ खाल्टे मसिनाका १९ वर्षीय असिम गुरुङ सख्त घाइते भई तत्काल उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचार गर्दागर्दै मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । टिपर चालक फरार रहेको...

मुटुरोगीको उपचारका लागि अर्थ सङ्कलन

बाबियाचौर (म्याग्दी), १९ मङ्सिर । मुटुरोगबाट बिरामी भएकी बेनी नगरपालिका–२ की सात वर्षीया अरनिमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ । रत्नेचौरको ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको छ । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारणले उनको उपचारमा समस्या भएपछि कोषले सहयोग जुटाउन पहल थालेको हो । उनको हाल काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । मुटुको शल्यक्रिया गर्न रु...

किरिया खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

फलेवास (पर्वत), १६ मङ्सिर । सदरमुकाम कुश्माबजारका एक समाजसेवीले आफ्नी आमाको मृत्युपछि हुने किरियाकर्मको संस्कारमा लाग्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । जाडो बढ्दै जान थालेपछि वृद्धवृद्धाको जनजीवन झनै कष्टकर बन्दै जाने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिका–९ स्थित ओमशान्ति टोलमा बस्ने मैना गुरुङले आफ्नी आमाको स्मृतिमा १५ जना वृद्धवृद्धालाई न्यानो ओछ्यान सहयोग गर्नुभएको हो । प्रसिद्ध मोदीवेणी दिव्यधाममा रहेको वृद्धाश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धालाई उहाँले न्यानो ओछ्यान सहयोग गर्नुभएको...

मासिक रु चार करोड विप्रेषण एउटै वडामा

गुल्मी, १६ मङ्सिर । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि भएको छ । उनीहरुबाट ती मुलुकमा हुने गरेको न्यूनतम तलब आम्दानी जोड्दा पनि झन्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको सङ्ख्या पाँचसय ४५...

चिसो बढेपछि प्रहरी चौकी गाभिन थाले

मुस्ताङ, १६ मङ्सिर । अत्यधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायीरुपमा गाभिएको हो । घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो । चिसोमा इन्धन, दैनिक उपभोग्य...

विद्यालयको बस दुर्घटना हुँदा आठ विद्यार्थी घाइते

पोखरा, १५ मङ्सिर । पोखरा उपमहानगरपालिका–१९ लामाचौरस्थित अकला मन्दिर नजिक आज साँझ विद्यालयको बस दुर्घटना हुँदा आठ विद्यार्थी घाइते भएका छन् । एल एन्जेल विद्यालयको ग १ क २२०६ नं को बस सो ठाउँको नालीमा पल्टिएको हो । दुर्घटनामा घाइते विद्यार्थीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते सबै विद्यार्थी खतरामुक्त रहेको बताइएको छ । प्रहरीले बस चालक विष्णुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । ...

मिस्त्रीखोला आयोजना निर्माण सुरु

बाबियाचौर (म्याग्दी), १५ मङ्सिर । नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । रु पाँच अर्ब ६४ करोडको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिनुभयो । “छिट्टै बाँध र विद्युत्गृहको...

पृथ्वी राजमार्गका मोटरेवल पुलको मर्मत सुरु

दमौली, १५ मङ्सिर । पोखरा—काठमाडौँ पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन मोटरेवल पुलको मर्मत कार्य सुरु गरिएको छ । पुल जीर्ण र कमजोर हुन थालेपछि ती पुलको मर्मत सुरु गरिएको छ । ती पुलहरुमा रङ्गरोगन गर्ने, लुज भएका नटबोल्ट टाइट गर्ने, वेल्डिङ गर्ने, दायाँ बायाँ बोर्ड राख्ने काम हुने पुल aयोजना सेक्टर नं। २, मध्यक्षेत्र, पाटनढोका, ललितपुरका इन्जिनियर रमेश सुवेदीले बताउनुभयो । पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन पुलको मर्मत थालिएको...