गण्डकी प्रदेशमा रहेका समाचारहरु
(लमजुङ), १४ मङ्सिर । सदरमुकाम नजिकै गाउँसहरको भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ । बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो । सोमबार बेेंसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको भिरमा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए । बिहान खाना खाएर विद्यालय हिँडे...
फलेवास (पर्वत), १४ मङ्सिर । एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमित रोगीले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमित...
बेनी (म्याग्दी), १४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–दरवाङ सडकखण्डलाई रणनीतिक सडकमा समावेश गरी बहुवर्षीय ठेक्का तथा आवश्यक बजेटका लागि अर्थ मन्त्रालयमा गरेको प्रस्ताव स्वीकृत गरेको हो । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका अनुसार बेनी–दरबाङ २९ किलोमिटर कालोपत्रे, स्तरोन्नतिका लागि सडकको लागत इस्टमेट अनुसार रु १८ करोड ५५...
पोखरा, १३ मङ्सिर । पश्चिमाञ्चलको नमुना वृद्धाश्रमका रुपमा स्थापित पोखरा वृद्धाश्रमलाई भारतीय नागरिक दिवान कक्षकुमार दत्तले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । भारतको नयाँदिल्ली घर भई पोखरामा बस्दै आउनुभएका उहाँले आप्mनी छोरी मलदत्त तलवारको स्मृतिमा वृद्धाश्रमलाई सहयोग गर्नुभएको हो । पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच दत्तले आश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । नेपाल सरकार, विभिन्न सङ्घसंस्था एवम् व्यक्तिहरुको सहयोगले वृद्धाश्रममा लगभग रु एक करोडको लागतमा...
१२ मंसिर, नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक...
बेनी (म्याग्दी), ११ मङ्सिर ।बेनी–जोमसोम सडकखण्डबाट विगत चार दिनदेखि हराइरहेका ग२प ३६६० नंको जिपका चालक रमेश खड्का आज मृत भेटिएका छन् । बेनी गलेश्वर सडकखण्डअन्तर्गत सेतोपहिरोमा कालीगण्डकी नदीमा ढुङ्गामा च्यापिएको अवस्थामा चालक खड्काको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकबाट झन्डै १५० मिटर तल नदीमा जिपसँगै खसेका चालक खड्काको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको भेटिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । ...
बेनी (म्याग्दी), ११ मङ्सिर । सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग२च २००६ नंको जिप आज साँझ भकिम्ली गाविस–८ हल्लेगौँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा भकिम्लीका ६० वर्षीय गङ्गामणि छन्त्याल र बागलुङ लेखानी गाविस– ६ की उरिना रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छन्त्यालको घटनास्थल तथा रोकाको उपचारका लागि बेनी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिप सडकदेखि करिब...
बाबियाचौर (म्याग्दी), १० मङ्सिर । म्याग्दीको दरवाङ– २ भूमेथानमा आज बिहान आगलागी हुँदा रु पन्ध्र लाख बराबरको धनमाल क्षति भएको छ । ललितमान पुनको दुईतले कच्ची घरमा आगलागी हुँदा सो मूल्य बराबरकोे धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर र पसलका सामान तथा सो घरमा डेरा गरी बस्ने व्यक्तिका सामानसमेत जलेर नष्ट भएको छ ।सो घरमा बिहान ३ बजेतिर अचानक आलागी भएको थियो । स्थानीयवासी...
बेनी (म्याग्दी), १० मङ्सिर । बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालकसहित जिप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयवासीले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन् । खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बीचमा त्रिपाल भेटिए...
बागलुङ, १० मङ्सिर । जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ । बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो । पसलबाट चामल बोकेर घर जाँदै गर्नुभएका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए । मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा अचानक ढुङ्गाले हानेको स्थानीयवासी वीरबहादुर विकले जानकारी दिनुभयो । टाउकामा चोट लागेर गम्भीर घाइते भएका...