गण्डकी प्रदेशमा रहेका समाचारहरु

संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने:नेता पौडेल

दमौली, २७ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा...

गाउँको पर्यटकीय विकास र युवा पलायन कम गर्न रिसोर्ट

पोखरा, २७ मङ्सिर । पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्षसमेत रहेका चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको सिरानमा रहेको कयरबारीमा सो रिसोर्ट सञ्चालन गरिएको हो । पछिल्ला वर्षमा गाउँबाट बर्सेनि युवा रोजगारीका लागि सहर पस्ने तथा विदेसिने क्रम रोक्न गाउँमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ रिसोर्ट सञ्चालन गरिएको उहाँले बताउनुभयो...

बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

बाबियाचौर (म्याग्दी), २६ मङ्सिर । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हँुदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्रे र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । यसअघि सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत...

मन्त्री पाण्डेद्वारा भवन उद्घाटन

गोरखा, २५ मङ्सिर । स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज गोरखाको पालुङटारस्थित भवानी बहुमुखी क्याम्पस भवनको उद्घाटन गर्नुभयो । शान्ति मन्त्रालय, जिल्ला विकास समिति, पालुङटार नगरपालिकालगायत कार्यालयबाट प्राप्त भएको रु ४० लाख बजेटले आठकोठे भवन निर्माण भएको हो । ‘गोरखा भूकम्प’ले क्याम्पस भवनमा क्षति पु¥याएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए । भवन हस्तान्तरण कार्यक्रममा सो क्याम्पसका ६८ जना सेयर लगानीकर्तालाई सम्मान गरिएको छ । भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माण सरकारको प्राथमिकतामा...

मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन : डेपुटी गभर्नर शिवाकोटी

म्याग्दी, २५ मङ्सिर । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ । नेपाल बैँक लिमिटेड म्याग्दी शाखाद्वारा आज सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागिपरेको छ । डेपुटी गभर्नर शिवाकोटीले नेपालमा औद्योगिक क्षेत्रभन्दा कृषि क्षेत्र बढी सम्भावनायुक्त देखिएकाले यस क्षेत्रको विकासका लागि कृषि कर्जा ल्याइएको...

लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्ने

 कास्की,२४ मङ्सिर । समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको अभियान सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । चिल्ड्रेन नेपाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीद्वारा संयुक्तरुपमा आयोजित “लैङ्गिक हिंसा र यसको प्रभाव” विषयक एक दिने अनुशिक्षण कार्यक्रममा सो जोड दिइएको हो । महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका सचिव अधिवक्ता कल्पना भण्डारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चिल्डे«न– नेपालले विभिन्न विद्यालयमा पठनपाठनमा सहयोग पु¥याउँदै आएका...

विपन्न बिरामीको आशाको केन्द्र बन्दै शान्तिकोष

बेनी (म्याग्दी), २४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ । विसं २०७१ मा बेनी नगरपालिका–१४ की ओमकुमारी पुन (शान्ति) हाइपोप्लास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने अभियानसँगै जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा दर्ता भएको ओमकुमारी शान्तिकोषले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका म्याग्दीका २५ जनाको देशका विभिन्न अस्पतालमा लगी...

पोखरा विमानस्थलको निर्माण तत्काल अघि बढाउन निर्देशन

पोखरा, २३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । निर्माणाधीन विमानस्थलको परिसरमा आज स्थलगत निरीक्षण गर्दै उहाँले उक्त निर्देशन दिनुभएको हो । “विमानस्थल निर्माणका लागि देखापर्ने नीतिगत समस्या र ऐन कानुनको सहजीकरण गर्न म निरन्तर लागेको छु”, उहाँले भन्नुभयो – “तोकिएको समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्छ ।” विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको...

डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार

२३ मंसिर, पोखरा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् । कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले...

मध्यवर्ती क्षेत्रको नयाँ प्रस्ताव

बागलुङ, २३ मङ्सिर । ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी पुनःअघि बढेको छ । आरक्ष कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा नयाँ पुनः प्रस्ताव पठाएको हो । पाँच वर्ष अघिदेखि मध्यवर्ती क्षेत्र घोषणाको प्रयास हुँदै आएकामा स्थानीयवासीको विरोधपछि गत वर्ष अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो । सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन प्रतिवेदन विभागमा पठाइएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । “अध्ययनपश्चात् विस्तृत रुपमा सीमा सर्वेक्षण पनि...