गण्डकी प्रदेशमा रहेका समाचारहरु

उपचार गराइरहेका एक कैदी आज शौचालयबाट फरार

पोखरा, ९ मङ्सिर । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका एक कैदी आज शौचालयबाट फरार भएको जिल्ला कारागार कास्कीले जनाएको छ । उपचारका लागि अस्पतालमा भर्ना गराएका काभ्रे चलाल गोश्वारा–६ का ३५ वर्षीय पुष्कर खड्काले पिसाब फेर्न जान्छु भनी शौचालयमा गएको र त्यहीबाटै फरार भएको कारागार शाखाका प्रमुख हरि गौतमले बताउनुभयो । विसं २०७० वैशाख २६ गते अपहरण मुद्दामा अदालतले उनलाई छ वर्ष कैद र रु चार लाख जरिवाना गरेका...

प्रथम उद्योग दिवसका अवसरमा तीन उद्यमी सम्मानित

बाबियाचौर (म्याग्दी), ९ मङ्सिर । प्रथम उद्योग दिवसका अवसरमा बिहीबार यहाँका तीन उद्यमी सम्मानित भएका छन् । जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य सङ्घ र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बेनीमा आयोजना गरेको संयुक्त कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा सौन्दर्यकला व्यवसायी राधाकुमारी मल्ल, छाला जुत्ता व्यवसायी सुकलाल मिजार र सिलाइ कटाइ व्यवसायी डम्मरबहादुर कार्की हुुनुहुन्छ । उहाँहरुलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी...

मिर्गाैला रोगी सुशीलाको उपचारमा सहयोग

बेनी (म्याग्दी), ९ मङ्सिर । मिर्गाैला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो । त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी...

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो !

बागलुङ, ८ मङ्सिर । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ । उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा पर्छ । यतातिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची । ५२ वर्षदेखि पुस्तक÷पत्रपत्रिका बेच्दै आउनुभएका लालचन्द्र राजभण्डारी बस्ने कुर्ची...

बजार नपाउँदा किसान चिन्तित

बेँसीसहर ,लमजुङ०, ७ मङ्सिर । बजार अभावका कारण यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा बङ्गुरका बच्चा तथा मासुको खपत हुन नसक्दा किसान मारका परेका हुन् । बङ्गुरपालन गर्दै आउनुभएका बेँसीसहरका नारायणबहादुर थापा तीन वर्षसम्म पनि लगानी उठ्न नसकेको बताउनुहुन्छ । उहाँको खोरमा वार्षिक १५० भन्दा बढी बङ्गुरका बच्चा उत्पादन हुने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । पहिला गाउँ गाउँबाट बङ्गुरका बच्चा...

सरकारी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

बेनी (म्याग्दी), ६ मङ्सिर । जिल्लाको बेनी नगरपालिकामा स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउने क्रम बढन थालेका छन् । जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको हो । अहिलेसम्म १० भन्दा बढी घरटहरा निर्माण भएको बताइएको छ । बेनपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर कयौँ व्यक्तिले घडेरीे खरिद बिक्री समेत गरेका छन् भने तीन वटा घर निर्माण...

एक सय ६ वर्षीय चेपाङको मृत्यु

लमजुङ (बेसीसहर), ६ मङ्सिर । लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो । वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ । केही वर्ष अघिदेखिनै पिँढीबाट सर्न नसक्नुभएका वृद्ध चेपाङ पछिल्लो समय निकै...

ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

बाबियाचौर (म्याग्दी), ५ मङ्सिर । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो । कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ ।...

राष्ट्र बचाउने जिम्मेवारी काँग्रेसको काँधमा–महामन्त्री डा कोइराला

पोखरा, ४ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र बचाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज यहाँ आयोजित ‘नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उहाँले प्रमुख तीन दलले असन्तुष्ट मधेसी मोर्चालाई पनि संविधान संशोधनमार्फत विश्वासमा लिएर तीनवटै निर्वाचन सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनमा अग्रसर हुनु वर्तमानको प्रमुख आवश्यकता भएकामा जोड दिनुभयो । “काँग्रेस एकताबद्ध...

स्वास्थ चौकीेका लागि १५ लाखको जग्गा प्रदान

पर्वत (फलेवास), ४ मङ्सिर । यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु १५ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पुराना उप–स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्न थालेको भवनका लागि स्थानीयवासीले उक्त सहयोग गरेका हुन् । स्वास्थ्य चौकी...