गण्डकी प्रदेशमा रहेका समाचारहरु

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु

बागलुङ, ३ मङ्सिर । कक्षा कोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न ‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने जनाएको छ । पहिलो चरणमा जिल्लाका ३०१ विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन सम्झौता भई कार्यक्रम कार्यान्वयनमा आएको छ । सबै विद्यालयले आफ्ना शिक्षकलाई एउटा झोला अनिवार्य उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । शिक्षक पूर्ण तयारीका साथ कक्षा कोठामा प्रवेश गरोस्...

पर्वत महोत्सवको तयारी सुरु

फलेवास (पर्वत), ३ मङ्सिर । पर्वत उद्योग वाणिज्य सङ्घले आगामी माघ १३ देखि २२ गतेसम्म आयोजना गर्ने पाँचाँै पर्वत महोत्सवको तयारी सुरु गरेको छ । करिब साढे २ महिना बाँकी रहँदा महोत्सवका अन्य तयारी सुरु गरिएको हो । तयारीस्वरुप विभिन्न उपसमिति गठन गरिएका छन् । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्नका लागि १८ वटा उपसमिति गठन गरिएको हो । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने मूल संयोजक...

बागलुङमा दश वटा स्थानीय तहका लागि प्रस्ताव

बागलुङ, २ मङ्सिर । बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ । राजनीतिक दलहरुबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका आधारमा १० वटा निकाय प्रस्ताव गरिएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । नेपाली काँग्रेसबाहेकका सबै दलले प्रस्तावमा साझा सहमति कायम गरेको समितिले...

तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्षमा

१ मंसिर, काठमाडौं ।सर्वसम्मत पदाधिकारी चयन गर्दै नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । यसैगरी उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङ चयन भएका छन् । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै कोषाध्यक्ष गुरुङ खुमबहादुर खड्का निकट मानिन्छन् पौडेल समूहको भागमा परेको महासचिवमा भने भुपेन्द्रजंग...

स्थानीय तह पुनःसंरचनामा तीन प्रस्ताव

बेशीसहर ,१ मङ्सिर । स्थानीय निकाय पुनःसंरचनाको लागि विकल्पसहित तीनवटा प्रस्ताव पठाएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले लमजुङमा आठ स्थानीय तह रहने गरी तीनवटा प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाएको हो । पुनःसंरचनाको विषयमा अधिकतम् सहमतिको प्रयास गर्दै विकल्पसहित तीन प्रस्ताव पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी शेखर पौडेलले बताउनुभयो । पुनःसंरचना आयोगमा प्रस्ताव पठाउने म्याद सकिएको भएपनि सहमति हुन नसकेको भन्दै ढिला गरी मङ्गलबार साँझ प्रस्ताव पठाएको...

साथिको हत्या गर्ने प्रहरीको फन्दामा

म्याग्दी, ३० कात्तिक । देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले गए राति चक्कु प्रहार गर्दा देवीस्थान– ८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चक्कु प्रहारबाट घाइते पुनकोे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । अभियुक्त देवीस्थान– ८ स्थित ससुरालीमा बस्दै आएका १९ वर्षीय रोकालाई...

तरुण दलको महाधिवेसनबाट आज नेतृत्व चयन

पोखरा, ३० कात्तिक । पोखरामा जारी नेपाल तरुण दलको  महाधिवेसनबाट आज नेता छानिने भएको छ । प्रमुख तीन नेताहरुबीच सहमतिपछि सर्वसम्मित नेतृत्व चयन गर्ने तयारी छ । त्यसका लागि नेताहरुबीच छलफल भइरहेको छ । पदको भागबण्डा मिलेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । तरुण दलको आगामी नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति...

न्याय माग्दै विक परिवार

बागलुङ, ३० कात्तिक । जिल्लाको मल्म–९ झिर्काका खिमबहादुर विकको छिमेकीको कुटपिटबाट मुत्यु भएको भन्दै परिवारले न्यायको माग गरेका छन् । परिवारका सदस्यले सोही स्थानका २३ वर्षीय दीपक विकले आपसी विवादमा निर्मम ढङ्गले कुटपिट गर्दा मुत्यु भएको जाहेरी प्रहरीमा दिएका छन् । यही कात्तिक १५ गते पटकपटक गरी भएको कुटपिटका कारण श्रीमान्को मृत्यु भएको श्रीमती सुशीला विकले बताउनुभयो । कुटपिटपछि विस्तरामा सुत्नुभएका खिमबहादुर कात्तिक १६ गते बिहान भुइँमा मृत्युवरण गरेको अवस्थामा भेटिनुभएको...

पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई सास्ती

गोरखा, २९ कात्तिक । सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई सास्ती खेप्नु परेको छ । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाडौँ र चितवनका अस्पतालमा जान बिरामी बाध्य छन् । दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा उपचार सेवा दिन असहज भएको अस्पताल प्रमुख सुधा देवकोटा बताउछिन । विशेषज्ञ तहको एनेस्थेसियोलोजिस्ट, अर्थोपेडिक सर्जन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, सर्जन र साइक्यास्टिकलगायत विशेषज्ञको दरबन्दी भए...

तरुण दलको बन्दसत्र अझै सुरु भएन

पोखरा, २९ कात्तिक । नेपाल तरुण दलको पोखरामा जारी चाँैथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०.०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै रहे पनि बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिको गुनासो छ । अध्यक्षको प्रतिवेदनमाथि छलफल सकिएपछि आजै आर्थिक प्रतिवेदन एवम् समसामयिक विषयमा छलफल हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य...