कर्णाली प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज,७ माघ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी...
डोल्पा, ६ माघ । मोवाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि शुक्रबार दिउँसोदेखि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जिएसएम र सिडिएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन् । मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट...
जाजरकोट, ४ माघ ।छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् । सो सडकमा सानाठूला गाडी र...
काठमाडौं, २ माघ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकको दफा १५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी...
दाने बोहरा , हुम्ला, १ माघ । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् । हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता रहेको छ । सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता...
डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को...
काठमाडौँ, २६ पुस। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै...
दुल्लु( दैलेख), २६ पुस ।दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो । गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको सङ्ख्यामा कमी आए पनि पछिल्लो...
हुम्ला, २५ पुस। हुम्ला जिल्लामा अत्यधिक हिमपात हुदा जनजीबन कष्ठकर बन्दै गईरहेको छ ।हुम्ला सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि लगातार हिउँ पर्दा हवाईसेवा अवरुद्ध भएको छ। हवाईसेवा अवरुद्ध हूँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा...
सुर्खेत, २१ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका हरेक जनताको तथ्यांक संकलन गर्ने र प्रोफाइल निर्माण गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णालीका हरेक व्यक्तिको आर्थिक, शैक्षिक, पारिवारिक, सामाजिक, धार्मीकजस्ता सबै विषय समेटेर प्रोफाईल बनाइने र त्यो प्रोफाईललाई डाटा सेन्टरमा सुरक्षित राखिने बताए । हामी अहिले डाटा सेन्टर निर्माणको तयारीमा छौं । मुख्यमन्त्री शाहीले भने, अनि उक्त डाटा सेन्टरमा कर्णालीका हरेक व्यक्तिको तथ्यांक राख्नेछौं । कर्णालीको वास्तविकता के...