कर्णाली प्रदेशमा रहेका समाचारहरु
कालीकोट, २० पुस । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गत पुस ८ गते कालीकोटको पलाँटा गाउँपालिका वडा नं. १ मा भएको आगलागीका पीडितलाई मेडिकल कलेजको विशेषज्ञ सहितको मेडिकल टोलीले निःशुल्क स्वास्थ्य जाँच गरेको छ। मेडिकल कलेज सामाजिक विकास इकाई प्रमुख राम बहादुर मल्लको अगुवाईमा गएको मेडिकल टोलीले १५० जना अग्नीपीडितको स्वास्थ्य जाँच गरेको हो। स्वास्थ्य चेकजाँचका क्रममा धेरै जसो मानसिक रोगको शिकार भएको...
नेपालगन्ज,१८ पुस। नेपालगन्जमा पछिल्लो समय प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत बर्ष यताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा प्रदेश पाँचमा १२ वटा घटना भएका छन् । जसमा बाँकेमा मात्रै चारवटा छन् । बाँकेमा व्यवसायी र जनप्रतिनिधीबाट प्रेस स्वतन्त्रता उल्लङ्घन भएका छन् । देशभरमै भएका ९८ घटनाबाट २ सय २३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका...
नेपालगन्ज,१५ पुस। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा...
(सञ्चिता घिमिरे )काठमाडौँ, १२ पुस ।विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको...
काठमाडौं, १० पुस । पुरानो दल कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने भएको छ। महासमितिले आइतबार पारित गरेको विधान अनुरुप कांग्रेसले नयाँ संरचना अपनाउनेछ। मुलुकको पछिल्लो संरचना अनुरुपको विधानलाई विधानलाई दुई तिहाइले अनुमोदन गर्यो। केन्द्रीय समितिमा अब सभापतिसहित १४ पदाधिकारी रहनेछन्। केन्द्रीय समितिको संख्या १ सय ६८ पुगेको छ। १४ पदाधिकारीमध्ये २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। ८ सहमहामन्त्री समावेशी क्लस्टरको आधारमा निर्वाचित हुनेछन् भने कोषाध्यक्ष...
सुर्खेत, १० पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन निर्माण गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार...
कालीकोट, ९ पुस। कालीकोट जिल्लाको पलाता गाउँपालिका १ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो क्षति भएको छ। करिब १० बजेदेखि सुरु भएको आगो आज दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको छ। न्यौपाने बस्तीमा आगलागी हुदा ७८ घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । राति सल्किएको आगोले गाउँका सबै...
जुम्ला,८ पुस। छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उहाँले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान...
सुर्खेत, ५ पुस । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्नुभएको हो । मन्त्री ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अनुमतिपत्र नवीकरण गरेर सेवा उद्घाटन गर्नुभएको हो । नवीकरण सेवा उद्घाटनपछि आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न...
काठमाडौँ, ३ पुस । सरकारले पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । सरकारले गए राति १२ बजे देखिनै लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई- दुई रुपैया घटाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको छ। यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि...