कर्णाली प्रदेशमा रहेका समाचारहरु

बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

मुगु । मुगुमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक( सई)पक्राउ परेका छन् । ३० वर्षीया एक  महिलालाई सापटी लिएको रकम लिन बोलाएर एक दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ...

नेपालगञ्जबाट रुकुम छुटेको बस भेरी नदीमा खस्दा चारजनाको मृत्यु

सुर्खेत।नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजार गएको यात्रुवाहक बस दुर्घटनामा परेको छ।जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ।यस्तै दुर्घटनामा परी केही यात्रु हराइरहेका र उनीहरुको खोजी कार्य समेत जारी रहेको असई खेमराज तिनकडीले जानकारी दिए। बसमा करिब डेढ दर्जन यात्रु रहेको अनुमान गरिएको...

सरकारद्वारा फागुन १ देखि एक करोडसम्मका योजनामा जेसिबी प्रयोगमा रोक

नेपालगन्ज ।सरकारले फागुन १ गतेदेखि एक करोड रुपैयाँसम्मका बिकासे योजनामा (जेसिबी) डोजर चलाएर काम गर्नमा रोक लगाएको छ। जेसिबी प्रयोग गर्दा देशमा युबाबर्गलाइ रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा जेसिबी प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ अन्तर्गत डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि बन्देज लगाएको छ। प्राविधिक रुपमा असम्भव स्थानमा डोजर...

राइजिङ युथ फाउन्डेसन नेपालगन्ज सामाजिक कार्यमा अगाडी

नेपालगन्ज ।राइजिङ युथ फाउन्डेसन नेपालगन्जले सुर्खेतमा स्रहानिय कार्य गरेको छ। फाउन्डेसनले सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ शान्तिनगर झुप्रा बस्तिमा बस्ने असहाय ब्यक्तीहरुलाई न्यनो कपडा वितरण गरेको छ। बस्तीका १२० घर धुरिमा कपडा बितरण गरेर  संस्थाका सद्स्यहरु नेपालगन्ज फर्किएको सस्थाका उपाध्यक्ष प्रतीक गडतौलाले जानकारी दिएका छन् ।बस्तीका असहाय परिवारलाइ न्यानो कपडा वितरण कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ ले समेत सहकार्य गरेको फाउन्डेसनकी सद्स्य सृजना ओरले बताइन् । नेपालगन्जबाट सहयोगका...

आज देशभर शहीद दिवस मनाइँदै

नेपालगन्ज।देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स०घर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक...

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपालगन्ज।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो ।परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन...

घुस सहित अख्तियारकै कर्मचारी पक्राउ

नेपालगन्ज।घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी नेपालगन्जबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो । अधिकारीलाई ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको बूझिएको छ । पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको जानकारी प्राप्त भएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भने पुष्टी गरेको छैन । आयोग...

“नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार”

सुर्खेत : प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन् । वीरेन्द्रनगरमा नेपाल तरुण दलद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले जनवर्गीय संगठन तथा पार्टीको सर्मथन भएको खण्डमा आफूहरू सडकबाटै सरकार फाल्न सक्ने बताए । ‘सरकारले हाम्रा नेताहरूको इतिहास मेट्न लागेको छ,’ उनले भने, ‘नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार छन् ।’ सुशील कोइरालाले बनाएको संविधानका...

द्वन्द्वकालका दोषीलाई सजाय नहुने गरी सरकारले विधेयक ल्याउने तयारीमा

नेपालगन्ज,१० माघ । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ । द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने विधेयकमा उल्लेख छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि,’ प्रस्तावित मस्यौदामा भनिएको छ , ‘दफा ३० कसुरमा दोषी...

भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला, ८ माघ ।  भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक  हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको...