कर्णाली प्रदेशमा रहेका समाचारहरु

चिसो छल्न जाजरकोट झर्दै डोल्पाली

जाजरकोट, २८ मंसिर ।माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् । चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा लिएर बेँशी झरेका छन् । चिसो बढेसँगै डोल्पाका आवासीय र सामुदायिक विद्यालय बन्द गरिएका छन् । अहिले जाजरकोट झरेका डोल्पाका स्थानीयवासी यार्सागुम्बाको मौसम शुरु भएसँगै वैशाखमा माथिल्लो...

भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय

काठमाण्डौ,२८ मंसिर। सरकारले भारतीय २०० को नोट (आईसी)नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना...

सरुवा रोक्दै सरकारले थाल्यो कर्मचारी समायोजन

काठमाण्डौ,२६ मंसिर।रकारले निजामती कर्मचारीको सरुवा रोकेको छ। कर्मचारी समायोजन सकेपछि मात्रै सरुवा फुकुवा हुने गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबारदेखि सरुवा रोकेका हुन्। ‘समायोजन प्रक्रिया सकेपछि मात्रै कर्मचारी सरुवा गर्न पाइन्छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले भने, ‘माघको १५ भित्र कर्मचारी समायोजन गरिसकिन्छ।’स्थानीय तहमा ५८ हजार कर्मचारी दरबन्दी छ। स्थानीय तहमा चार हजार जना कर्मचारी समायोजनबाट पठाउनुपर्ने उनले बताए। प्रदेशमा २१ हजार दरबन्दी रहेकोमा आठ...

एक पोका नुनको ७० रूपैयाँ तिर्दै स्थानीय

हुम्ला, २४ मंसिर। हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताउनुभयो । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा...

हुम्लाको उत्तरी गाउँपालिकामाहरुमा मोवाइल टावर बिग्रदा सेवावाग्राही मर्कामा

हुम्ला, २० मंसिर। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा सेवावाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताउनुभयो । नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको...

फोन गर्न दैनिक जङ्गलको अग्लो डाँडामा

जाजरकोट, १८ मंसिर। छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ । कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उहाँहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउनुहुन्छ । बजारमा टेलिफोनले काम गर्दैन डाँडामा पुगेपछि नेटवर्क आउछ अनि फोन सम्पर्कमा...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाण्डौ,१८ मंसिर।नेपाल आयल निगमले आज (सोमबार )देखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो।नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग...

दैलेख जीप दुर्घटना अपडेट: चार जनाले ज्यान गुमाए

दैलेख,१२  मंसिर  । दैलेखमा आज बिहान जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटीकाँधतर्फ गइरहेको लु२च २२०७ नम्बरको जीप ठाँटीकाँध गाउँपालिका ३ डांग्रेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ठाटीकाँध गाउँपालिका १ का ३० वर्षीय निर्मल बम, वडा नम्बर २ का जीप चालक रमेश शाही, वडा नम्बर ४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद...

जिप दुर्घटनामा दुईजनाको मृत्यु

दैलेख, १२ मंसीर । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उहाँका अनुसार आज बिहान ८ बजे जिप धामीगाउँ...

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ, ९ मंसीर। नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात,...