कर्णाली प्रदेशमा रहेका समाचारहरु

हरिबोधिनी एकादशी पर्व आज मनाइँदै

नेपालगञ्ज, ३ मंसिर । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता...

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा सरकार

पोखरा,३० कार्तिक।युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताउनुभएको छ । नेपाल भलिबल सङ्घद्वारा आज यहाँ आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उहाँले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको...

चिकित्सकविहीन औषधालय, सेवाग्राही प्रभावित

जुम्ला, २६ कात्तिक : तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो । आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ । हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि...

सुर्खेतमा पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

सुर्खेत, २० कार्तिक। प्रहरीले पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । सोमबार जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ। प्रहरीले...

समृद्धिको ढोका खोल्दै ‘कर्णाली प्रदेश’

प्रकाश अधिकारी/सुर्खेत, १३ कार्तिक। “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।” यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्ष÷प्रतिपक्ष एकताबद्ध भएर अघि बढ्ने नेताहरुको प्रणसँगै कर्णाली प्रदेश सरकारले...

मदिरा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

दैलेख, १३ कार्तिक। दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो ।  नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी मातहतका सबै वडामा मदिरा नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा...

१७ महीना पछि चौरजहारीबाट नेपाल वायुसेवाको जहाजले भर्यो उडान

मुसिकोट, ७ कार्तिक ।रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ । उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ...

हुम्लाका ४४ वडा कार्यालय मध्य २९ वडाहरू सचिवबिहीन

हुम्ला, ७ कार्तिक । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिनुभएका वडासचिव धर्मराज रोकायाले बताउनुभयो । मन्त्रालयबाट सचिवको व्यवस्था नहँुदा...

चौरजहारी विमानस्थलमा बुधबारदेखि उडान शुरु हुने

मुसिकोट, ६ कात्तिक । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७ महीनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु गर्ने बताइएको छ । हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा शुरु हुन लागेको हो । लामो समयदेखि रोकिएको चौरजहारी...

दशैमा कर्मचारीले तलब नपाएको भन्दै गुनासो

जुम्ला, ६ कार्तिक । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उहाँले बताउनुभयो । “आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ उहाँले...