कर्णाली प्रदेशमा रहेका समाचारहरु

सीडीओ साब कता तिरको….?

काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

मदिरा सेवन गरेर हिंड्नेेेेेेेेेेलाई दश हजार रुपैयाँँ जरिवाना

नेपालगन्ज । जाँड रक्सी खाएर हिंड्नेेेेेेेेेेलाई दश हजार रुपैयाँँ जरिवाना हुने भएको छ। जाजरकोटको नलगाड नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक एक हजार धेरै पटक गरेमा पाँच हजार जरिमाना गर्ने कार्यविधिमा उल्लेख छ ।मदिरा...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

गृह मन्त्रालयको छानविन टोली सुर्खेतमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवामा मृत अवस्थामा भेटिएका पशुचौपायाको वारेमा छानविनका लागि गृह मन्त्रालयको टोली वीरेन्द्रनगर आइपुगेको छ। गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक उपसचिव सागरमणि पाठकसहितको टोली वीरेन्द्रनगर आइपुगेको हो। नेपालगञ्ज उप–महानगरपालिकामा रहेको काञ्जी हाउसमा मंगलबार पुगेको टोली बुधबार वीरेन्द्रनगर आइपुगेको हो। छानविन समितिका संयोजक पाठकले भने, ‘गाई–गोरु खसालिएको भनिएका वीरेन्द्रनगरका कटकुवा, कपासे, सुब्बाकुना लगायतका स्थानहरूमा स्थलगत अध्ययन गर्दैछौ। वीरेन्द्रनगरपछि दैलेखको भैरवी गाउँपालिकासम्म पुग्छौ।’ नेपालगञ्ज उप–महानगरपालिकाले पशुचौपाया पुर्‍याउने भनिएको भैरवी गाउँपालिकामा...

जाजरकोटमा चट्याङले गर्दा  २३३ भेडा मरे

जाजरकोट । जाजरकोटमा चट्याङले गर्दा  २३३ भेडा मरेका छन् ।जिल्लाको कुशे गाउँपालिकाको पाटनमा  हावाहुरीसँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका हुन् । २५२ भेडा भने हराइरहेको कुशे गाउँपालिका ८, कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका...

कर्णाली प्रदेशले गाई हत्या सम्बन्धमा एसपीको नेतृत्वमा गर्यो छानबिन टोली गठन

सुर्खेत । कर्णाली प्रदेशले गाई हत्या सम्बन्धमा छानबिन टोली गठन गरेको छ।नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि आइतबार म्याद थपिएको छ।गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालक अमृत...

तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने

काठमाडौं।  तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने  भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...

पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

जाजरकोट ।जाजरकोट भेरी नगरपालिका  २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।आज बिहान ४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम...