तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने
प्रकाशित मिति : २०७६, १५ भाद्र आईतवार १७:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ।
Advertisement
तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो।
नबिल बैंकको एटिएम ह्याक भएको खबर पछि सबै बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका थिए। नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग स्विच प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थासँगै आफ्नो छुट्टै स्विच प्रयोग गर्ने बैंकहरुले पनि एटिएम सेवा बन्द गरेका थिए।
अहिले राष्ट्र बैंकमा भएको आक्समिक बैठक पछि धेरै जसो बैंकहरुको एटिएम खुलिसकेको छ।