कर्णाली प्रदेशमा रहेका समाचारहरु

कम्प्युटर सिक्दै जनप्रतिनिधि

रुकुम, ७ वैशाख -रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् ।गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको बाँफिकोट...

गाडीको ब्रेक फेल हुँदा नगरप्रमुख गम्भीर घाइते

रुकुम , ४ वैशाख । रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित ६ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे १ झ २४३ नंंको गाडी मेलैनाउलीमा आज दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा चौरजहारी नगरपालिका–५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नं. ३ का तेजबहादुर बटाला, वडा नंं ४ का कमला बुढाथोकी, वडा नंं २ का पार्वती न्यौपाने र...

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

जुम्ला, ४ वैशाख । संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ । गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो सरकारका जिल्ला तथा गाउँसम्म रहेका स्थानीय निकायहरु स्थानीय तहमा परिणत भइसकेपछि सदरमुकाम केन्द्रित सरकारी सेवाहरु पनि विकेन्द्रित भए । सरकारका विभिन्न...

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा,सानैमा बिहे गरेकामा पछुतो

  जाजरकोट, ४ वैशाख  -जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् । गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो । त्यतिखेर बिहेबारे आफूलाई राम्रो ज्ञान नै थिएन तर बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन्...

सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक २०७५ तर्जुमा

सुर्खेत, ४ वैशाख । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा केही सुझावसहित र कर्णाली प्रदेशका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक २०७५ तर्जुमा गर्न सोही मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले...

रुकुम जीप दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते

रुकुम, वैशाख ४ – रुकुममा भएको गाडी दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते भएका छन् ।चौरजहारी नगरपालिका ५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्न गएकाहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको...

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

त्रिपुराकोट, डोल्पा, ३ वैशाख । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति पाँचसय, मध्यवर्ती क्षेत्र...

गोंगबुमा युवती हत्या प्रकरण : यौन र मदिरा हत्याको कारण

काठमाण्डौ,२ बैशाख। गएको चैत २२ गते राति काठमाडौंको गोंगबुस्थित न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घरको कोठामा युवतीको हत्या गर्ने सल्यान सारदा नगरपालिका १ का २२ वर्षीय गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।रामेछापमा मिस्त्री काम गर्दै आएका शर्मा सोही दिन काठमाडौं आएर मृतक युवतीसँग बास बस्न उक्त होटल गएको प्रहरीले जनाएको छ।होटलमा गएर मदिराले लट्ठ भएपछि यौन सम्पर्क गर्न नदिएपछि विवाद हुँदै गएपछि शर्माले ती युवतीको हत्या गरेको खुलेको काठमाडौं प्रहरी...

अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न:प्रधानमन्त्री वली

सुर्खेत, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भन्नुभयो, “अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।” प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो...

प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारी

काठमाण्डौ,२ बैशाख। प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तराष्ष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी...