कर्णाली प्रदेशमा रहेका समाचारहरु
काठमाडौं , १६ वैशाख – कर्णाली प्रदेशले ल्याएको चालु आर्थिक वर्ष ०७४/ ७५ को तेस्रो चौमासिक बजेट पारित भएको छ । गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको बजेट आइतबारको संसद बैठकले सर्वसम्मत पारित गरेको हो ।कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याएको छ । बजेट पारित भएसँगै कार्यानवयनको बाटो समेत संसदले खोलिदिएको छ ।आइतबारको संसद बैठकले...
सुर्खेत, १५ वैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गर्नुभएको छ । कर्णाली सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि अधिकारको आवश्यकता रहेकामा जोड दिनुभयो । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवअधिकार आयोग नेपालसँगको समन्वयमा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास–अधिकारको सुनिश्चितता ः सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलन गरिएको...
जुम्ला, वैशाख १४ – कर्णालीको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरको गएको वर्ष चोरी भएको सबैभन्दा ठूलो दत्तात्रयको मुर्ति प्रतिस्थापना गरिएको छ । चन्दननाथ मन्दिरमा रहेको चाँदीको १८ केजीको मुर्ति चोरी भएर पत्ता नलागेपछि भारतबाट ल्याई सोही स्वरुपको पितलको मुर्ति प्रतिस्थापन गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाका सचिव रमानन्द आचार्यले बताउनुभयो । २०७३ साल मंसिर ११ गते राति चोरी भएको चाँदीको १८ केजीको दत्तात्रयको मुर्तिसहित २१ मुर्ति चोरी भएकोमा अन्य मुर्तिहरु...
त्रिपुराकोट ,डोल्पा, १४ वैशाख । “हे हजुर तपाई काँ देखि आका हौ राहत ल्याएर आउने मान्छे भेटाउ कि नाइ राहत आउँछ भन्छन् तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो । आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका– ९ होर्तका ३९...
नेपालगन्ज, १० वैशाख । नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा...
बाजुरा, १० वैशाख – बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन ।गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको छ । क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रुले सजिलै देख्ने गरेका छन् ।गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान...
ललितपुर, १० वैशाख – यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो । यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उहाँ भन्नुहुन्छ, “पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम...
जाजरकोट, ९ वैशाख – जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा...
काठमाडौं,८ बैशाख । आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन...
जुम्ला,८ वैशाख। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रहरी खोरमा पुगेका छन् । अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । वैशाख ६ गते साँझ ७ः३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताउनुभयो । रासस। ...