कर्णाली प्रदेशमा रहेका समाचारहरु

रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा एक वडाध्यक्षको कार्यक्रमस्थलमै निधन

मुगु,१ बैशाख।रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढलेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको निधन भएको थियो । ...

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

डोल्पा, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आउनुभएका राज्यमन्त्री बुढाले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस गर्ने गरी हवाइ उडान र पर्यटनको विकास हुने जिकिर गर्नुभयो । नेपाल एअरलाइन्सको उडान थप गर्नाका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा...

पत्रकार महासंघ प्रदेश समितिः निर्वाचन कार्यतालिका सार्वजनिक

नेपालगन्ज, २९ चैत । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि...

राराको पूर्बाधार विकास विना नै पर्यटन बर्षको तयारी

नेपालगन्ज, २९ चैत । मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने भएको छ । ‘कर्णाली समृद्घिको आधार : पर्यटनको पूर्वाधार’ भन्ने मूल नारासहित सुरु हुन लागेको पर्यटन बर्षको तयारीका लागि कर्णाली प्रदेश सरकारले तयारी तिब्र पारेको छ । २०७५ बैशाख १ गते मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने योजनाका साथ कर्णाली प्रदेश सरकार यतिबेला आन्तरिक तयारीमा जोटेको हो । कर्णाली प्रदेशको विकासका लागि राराबाट शुरु गरिने पर्यटन प्रवर्दनको कार्य...

जिल्ला शिक्षा कार्यालय खारेज

नेपालगन्ज,२८ चैत्र । जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको छ। संविधानअनुसार सदरमुकाममा रहेका कार्यालयका सेवा स्थानीय तहले दिने भएपछि हुने शिक्षालगायतका कार्यालय खारेज भएका हुन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा कार्यालय खारेज गर्दै जिल्ला समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए। शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयको मातहतमा रहने...

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्दा समस्या

डोल्पा, २३ चैत्र। दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहँुच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने...

रेडियोग्राफरहरुको भेला नेपालगञ्जमा हुँदै

राधा आचार्य/अर्पणा योगी/ नेपालगञ्ज,२२ चैत्र  । नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर ५ ले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रेडियोग्राफरहरुको भेला नेपालगञ्जमा गर्ने भएको छ । प्रदेश नम्बर ५, ६ र ७ का विभिन्न अस्पताल र क्लिनिकहरुमा कार्यरत २ सय बढी रेडियोग्राफरहरुको उपस्थितिमा भेला गरिने बताइएको छ। सोसाइटी प्रदेश ५ ले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर दिवसका अवसरमा यही २४ गते सिएमई कार्यक्रम र नव बर्षको भित्ते पात्रो विमोचन गर्ने बताएको...

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीको गाडीमा तोडफोड

सुर्खेत २१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुले प्रदेश ६ का मन्त्रीको गाडीमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि एकआपसमा...

आज बाट पेट्रोलियम पढार्थको मूल्य बृद्धि,पेट्रोल १०५ पुग्यो

नेपालगन्ज,२० चैत्र।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । मूल्य बृद्धि आज बाट   लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरकेा ८५ रुपैयाँ पुगेको छ ।   ...

स्व.खडकाको सम्मानमा पाँच दिन पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय

नेपालगन्ज, १८ चैत । नेपाली कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य खुमबहादुर देउवाको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टीको जारी बैठक खड्काको निधनका कारण स्थगित गरिएको छ भने आज बसेको बिशेष आकस्मिक बैठकले सो शोक प्रस्ताव पारित गरेको हो । बैठकले खड्काको सम्मानमा पाँच दिन पार्टीको कार्यालयहरु बन्द गर्ने निर्णय पनि गरेको छ । निर्णयमा भनिएको छ,’ दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै...