कर्णाली प्रदेशमा रहेका समाचारहरु

जाजरकोटमा बैशाख १ देखि आर्थिक गणना शुरु हुँदै

जाजरकोट, १८ चैत्र। आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो । आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक...

बिग्रीएका र थोत्रा गाडीले प्रदेश मन्त्रीहरु हैरान

सुर्खेत, १५ चैत । कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका...

प्रदेश सरकार चलाउन ‘महाभारत’

काठमाडौं, १५ चैत । मुलुक सङ्घीयतामा गएपछि प्रदेश सरकार सञ्चालनमा खर्चको व्यवस्थापन मिलाउन सरकारलाई ठूलो सकस भएको छ । प्रदेशका मुख्यमन्त्रीहरूले केन्द्रीय सरकारबाट आवश्यकताबमोजिमको रकम विनियोजन नहुँदा काम गर्न नसकिएको गुनासो गर्न थालेका छन् । अर्थ मन्त्रालयले चुनाव सकिएलगत्तै ७ वटा प्रदेश सञ्चालनका लागि करिब ८० अर्ब खर्च चाहिने विवरण सार्वजनिक गरेको थियो । तर, अहिले सबै प्रदेशमा सरकार गठन भइसकेपछि खर्चको मापन बढेर एक खर्बभन्दा बढी लाग्ने अनुमान अर्थ...

प्रदेश ५ बाट म एक्ली सहभागी हो:अधिकारी

नेपालगन्ज, १३ चैत्र । ‘६ प्रदेश आइडल’ सुर्खेत अंतर्गत बाँके खजुरा गाउँपालिका, निवासी सावित्री अधिकारी प्रतिस्पर्धामा उत्रिएकी छन् । उनी उत्कृष्ट ७ मा पर्न सफल भएकी छन् । एसएमएस भोटिङमार्फत आफ्नो पक्षमा आइडलको नतिजा ल्याउन उनी केहीदिन देखी आफन्त, इष्टमित्र, शुभचिन्तकलाई भेट्न ब्यस्त छिन् । सावित्रीलाई भोट दिन मोबाईलको म्यासेज बक्समा 6pi टाइप गरेर एक स्पेस छाडी 1 लेखेर 33001 मा पठाउन सकिन्छ । साथै अधिकारीले प्रदेश नम्बर ५ बाट आफु एक्ली प्रतिष्परधि...

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने

नेपालगन्ज,१० चैत्र । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो । छलफलमा सहभागी हवाई सेवा प्रदायक कम्पनीका...

स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’

सुर्खेत, ८ चैैत्र। विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ । तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठ जानकारी दिनुहुन्छ । “विस्तृत अध्ययन प्रतिवेदनअनुसार लौठचौरमा कर्णाली ‘हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माण गर्न...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- असफल हुने छुट छैन !

काठमाडौं ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुने गरि काम गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । सात वटै प्रदेशका मुख्यमन्त्रीलाई बुधवार सिंहदरवारमा निर्देशन दिदैं प्रधानमन्त्री ओलीले असफल हुने छूट नरहेको बताएका हुन् । ‘प्रदेश प्रदेशको बीचमा प्रतिस्पर्धा हुने गरि काम गर्नुहोस्, असफल हुने छुट छैन’ ओलीले भने, ‘दीगो विकास लक्ष्य पूरा हुने गरि काम गर्नुस् ।’ छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्री, सरकारका मन्त्रीहरु र सचिवहरु थिए । नवनिर्विाचित...

हुम्लामा बर्षभरी पटक पटक प्रजिअ सरुवाले समस्या

हुुम्ला, ७ चैैत्र। यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आउनुभएको थियो । विसं २०७४ माघ १५ गतेसम्म रहनुभएका उहाँको सरुवा भई...

खानेपानीको अभाबले बस्तीनै संकटमा

सल्यान, ६ चैत । गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ ।   प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै...

स्थानीय चन्दा उठाएर बाटो खन्दै

दैलेख, ५ चैत्र । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ (साविकको भैरीकालिकाथुम–९ बाहाँचौर) का स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । गाउँपालिकाको डाडाँमाडी बजारदेखि बाहाचौर जोड्ने सडकअन्तर्गत डोक्रासम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो । डोक्रादेखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाए पनि स्थानीयवासीले चन्दा उठाएरै सडक निर्माणको काम थालेका हुन् । स्थानीयबासी रामबहादुर विकका अनुसार १७ घरधुरीले रु ८१ हजार उठाएर सडक निर्माण गरेका हुन् ।  उनीहरुले यसअघि पनि...