कर्णाली प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताए । कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने बताए । ‘कर्णालीका हरेक उत्पादनलाई...
सुर्खेत, चैत्र ४ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आइरहेको झुप्रा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि माग अनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला...
काठमाण्डौ, चैत्र २ । पूर्व गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न संभव भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरमा भएको कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री शर्माले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना भएको बताएका हुन् । कर्णालीमा पर्यटकीय पूर्वाधारको विकासका...
काठमाडौँ, २ चैत्र। एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् ।कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो । विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो । “कैदीबन्दीको संख्या बढेसँगै कारागारको...
जाजरकोट, १ चैत। गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए । भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको सहयोगमा छोरीको पोइली घरबाट फागुन ३० गते नै छोरी...
सुर्खेत, २८ फागुन ।पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ । हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ् जेभीले लिएको छ । रु. ३६ करोड लगानीमा बन्न लागेको पुलको ७५ प्रतिशत काम पुरा भएको साइट इञ्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । पुल निर्माण भइरहेकाले हालसम्म...
जाजरकोट, २५ फागुन।बारेकोट गाउँपालिकाको स्वास्थ्य चौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए...
फाल्गुन २४,जाजरकोट। एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित बिद्युतको लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो । ३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो । ...
फाल्गुन २४,जाजरकोट। बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ । स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो । दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले...
पश्चिम रुकुम, फागुन २२ । रुकुम पश्चिमको चौरजहारीमा विगत एक वर्षदेखि हवाई सेवा ठप्प भएको छ । लामो समयसम्म हवाई सेवा दिँदै आएको हवाई सेवा एक वर्षदेखि ठप्प भएपछि हजारौं यात्रु तथा अत्यावश्यक समस्याका विरामीहरु बढी मर्कामा परेका छन् । रुकुम, जाजरकोट र सल्यानका सर्वसाधारणलाई सेवा दिँदै आएको हवाई सेवा ठप्प भएसँगै यात्रुहरुलाई समस्या भएको हो । विशेष गरी चौरजहारी र जाजरकोट अस्पतालबाट रिफर गरिएका विरामीहरुलाई समस्या देखिएको छ । ...