प्रदेश २मा रहेका समाचारहरु

एसईई प्रश्नपत्र आउट प्रकरण : सिरहामा फोटो खिचियो सप्तरीमा बेचियो

सप्तरी ।प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र प्रहरीबाटै बाहिरिएको निष्कर्ष नजिक अनुसन्धान अधिकारीहरु पुगेका छन् ।विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्न–पत्र प्रहरीकै संलग्नतामा किनबेच भएको निष्कर्षसहित अनुसन्धान अन्तिम चरणमा पुगेको हो । अब पक्राउ परेकाबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण रिपोर्टको पर्खाइमा छ ।ब्युरोका एक उच्च...

नेपाली कांग्रेसले हावाहुरी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने : सभापति देउवा
"उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर : सभापति देउवा "

बारा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको हुरीले प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । सभापति देउवाले हावाहुरी पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंगलबार मध्याह्न बाराको फेटा गाउँपालिका पुगेका देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर रहेको पनि बताए । घाइतेहरुको उपचार, प्रभावितहरुको पुनस्र्थापनालगायत कार्यमा चुस्तता ल्याउनुपर्ने देउवाको भनाइ थियो । ...

हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था

बारा– हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ सञ्चालन गरिएको छ । आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार(आज) विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो । हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् । सामान्य अवस्थामा रहेकाहरुको अवस्था पनि निकै कष्ठकर छ । खाना, पानी र बसोबासको उचित व्यवस्था नहुँदा उनीहरुले कष्ठकर रात विताएका छन्...

बिरगंज अस्पतालमा समेत बत्ती छैन, हावा हुरीले २ हजार बिजुलाका पोल ढले

बिरगंज ।आइतबार राति चलेको हावाहुरीले बारा र पर्सामा झन्डै २ हजार बिजुलीका पोल ढालेपछि वीरगञ्ज महानगरलगायत बाराका ग्रामीण क्षेत्रमा बिजुली अवरूद्ध भएको छ।नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार वीरगञ्जमा हेटौंडाबाट जाने राष्ट्रिय प्रसारण लाइन र भारतबाट आउने लाइनमा पोल र टावर ढलेका छन्। ‘पर्सामा मात्र ४ सय वटा पोल ढलेका छन्। बाराका गाउँमा १५ सय बढी पोल ढलेको र थुप्रै ट्रान्सफर उडाएको छ। प्राविधिकले अध्ययन गरिरहेका...

कांग्रेस सभापति देउवाद्वारा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न कार्यकर्ताहरुलाई निर्देशन

काठमाडौं । बारा र पर्सामा हावा हुरीमा परीमा परेकाहरुको लागी सहयोग गर्न कांग्रेस  सभापतिले निर्देशन  जारी गरेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिएका हुन्। उनले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न सबै नेता कार्यकर्ताहरुलाई उर्दि जारी गरेका छन। सामाजिक सञ्जाल ट्विटमा देउवाले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई...

सेनाको स्काई ट्रकले हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं पुर्यायो

काठमाडौं । बारा र पर्सामा आएको हावा र हुरीबाट घाइतेहरुलाई नेपाली सेनाको स्काई ट्रकले काठमाडौं पुर्याएको छ।नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं पुगेको छ । भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो ।आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३०  जना बढीको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् ।ल्याईएका  ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् ।...

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । आफ्नो पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । झापामा रहेका प्रधानमन्त्री हेलिकोप्टरमार्फत बारा जाँदै गरेको अधिकारीले बताए । प्रधानमन्त्रीले यो घटना दुःखद भन्दै गहिरो समवेदना प्रकट गरेका थिए । उनले उद्धार तथा राहतमा कुनै कसर नराख्न निर्देशन दिएका थिए । ...

हावा र हुरीले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ दिने

पर्सा।आइतबार साँझ बारा र पर्सामा आएको हावा र हुरीले  मृत्यु भएका ३० जना बढीको परिवारलाई प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको २ नम्बर प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले घाइतेको उपचार गर्ने, घरवार विहिन भएकालाई वासस्थानको व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्य मन्त्रीको नेतृत्वमा प्रदेश २ का मन्त्रीहरु अहिले घटनास्थल जाँदै छन् । आइतबार राति बारा र...

बारा र पर्सा जिल्लामा हावाहुरीका कारण ३२ को मृत्यु !

नेपालगन्ज । बारा र पर्सा जिल्लामा हिजो साँझ एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय प्रशासनले जानकारी दिएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने जनाइएको छ । यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री...

प्रदेश २ एसइई प्रश्नपत्र आउट प्रकरण : सिआइबीको अनुसन्धान सुरु

सप्तरी ।प्रदेश २ मा परीक्षाअगावै एसइईको प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ । डिएसपी नेतृत्वको चार सदस्यीय टोलीले शनिबारदेखि सप्तरीबाट अनुसन्धान थालेको हो ।बुधबार भएको विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सिआइबीको टोली जिल्लामा केन्द्रित भएको छ । प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएकाले प्राविधिक रूपमा आइटी विशेषज्ञको सहयोगमा टोलीले काम गरिरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए । एउटै प्रदेशमा लगातार प्रश्नपत्र आउट भएपछि त्यसअघिका विषयको पनि...