प्रदेश २मा रहेका समाचारहरु
नेपालगन्ज ।नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज देशैभरी निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । अहिले सम्म नेपालगन्जमा १०० जनाले मतदान गरिसकेका छन् भने मतदान आज साझ ४ बजे सम्म रहने उच्च अदालत बार एशोशियशन नेपालगन्जका निबर्तमान अध्यक्ष बल बहादुर चन्दले बताउनु भयो। नेपालगन्जमा प्रदेश ५ सभा सदस्य एबम अधिवक्ता सुरेन्द्र बहादुर हमालले मतदान गरेको चन्दले बताउनु भयो।त्य्स्तै नेपालगन्ज अधिवक्ता...
सिरहा : प्रदेश नम्बर २ मा एक पछि अर्को गरी प्रश्न पत्र बाहिरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा निस्किएका छन् । आज (शुक्रबार) सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रश्न पत्र बाहिरिएपछि जिम्मेवार निकायलाई कडा कारबाहीको माग राख्दै सिरहाको चोहर्वा र लाबन्दीमा सडक अवरुद्ध गरेका छन् । परीक्षापत्र बाहिरिनुमा दोषी विद्यार्थी नभएको भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न...
जनकपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को एक पछि अर्को गरी परीक्षा अगावै प्रश्नपत्र आउट हुन थालेको पाइएको छ । प्रदेश नम्बर नं. २ हिजो विज्ञान विषयका परीक्षा पत्र बाहिरिएपछि स्थगित भएको परीक्षा आज सामाजिक विषयको परीक्षा पत्र बाहिरिएपछि फेरि आजको परीक्षा पनि रद्द गरिएको छ । पश्न पत्र बाहिरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहले आकस्मिक बैठक बोलाएका छन् । बैठकले प्रश्नपत्र कसरी बाहिरियो छानविन गर्नेछ । आज सामजिक बिषयको परीक्षा...
काठमाडौं ।संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ ।बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख...
नेपालगन्ज ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरि नेपाल बन्दको आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा चैत १६ गते नेपाल बन्द आह्वान गरिएको छ ।विज्ञप्तिमार्फत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र...
काठमाडौं । सरकारसँग ११ बुँदे सहमति गरी मधेस विखण्डनको माग छाडेका सिके राउतले जनमत पार्टी गठन गर्नुभएको छ । आइतबार र सोमबार सिरहाको लाहनमा बसेको केन्द्रीय परिषद्को बैठकले पार्टी गठनको निर्णय गरेको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको सिके राउतको फेसबुक पेजमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ । स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच गत फागुन २४ गते भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक तथा मधेसी जनताका...
नेपालगन्ज ।सिके राउतलाई खतरा आउन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरेको छ। सरकारसँग ११ बुँदे सहमति गरेका राउतलाई त्यसपछि प्रहरीले सुरक्षा दिइरहेको हो।राष्ट्रिय सभागृहमा आउँदा राउतको सुरक्षामा नेपाल प्रहरीका नायब निरीक्षक खटिएका थिए। त्यसपछि उनको सुरक्षामा स्थानीय प्रहरी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। राउतलाई अंगरक्षक दिनेबारे भने निर्णय नभएको उनले बताए। ‘मूलधारको राजनीति गर्ने सहमति गरेकाले राउतलाई आफ्नै समूहभित्रबाट पनि खतरा हुन सक्छ भनेर प्रहरीले सुरक्षा...
नेपालगन्ज । आज महाशिवरात्रि पर्व मनाइदै छ ।महाशिवरात्रिमा आज शिवको पूजा आराधना गरी बाँके लगायत देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र...
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...
वीरगंज। नेपाली कांग्रेसका महामन्त्रीसहित तीन जना नेताले एउटै माला पहिरिएका छन्।महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन तीनै जना नेता वीरगंज पुगेका हुन्। फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई एउटै माला पहिर्याइएको हो। कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला पहिर्याइदिएका हुन्। केही समयअघि...