प्रदेश २मा रहेका समाचारहरु
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश...
काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण...
नेपालगन्ज । आज देखि नयाँ बर्ष २०७६ बिक्रम सम्बत शुरु भएको छ। देशबासीहरुले नयाँ बर्ष धुमधाम सग मनाइरहेका छन् ।त्य्स्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् । ...
नेपालगन्ज । आज देशैभरी चैतेदशै मनाइदै छ।हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ । ...
काठमाडौं ।नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । ...
नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्कीमा नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ। आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको...
नेपालगन्ज । बिप्लब समुहले बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्ष २०७६ को सुरुवात देखि नै विभिन्न विरोध तथा नेपाल वन्दको कार्यक्रम आह्वान गरेको छ । यसले नयाँ वर्ष २०७६ साल धुमधामले मनाउन तयारीमा रहेका सर्वसाधारण निराश भएका छन् । यसका साथै नयाँ वर्ष २०७६ फेरि अशान्ति र मुठभेड बर्ष बन्ने हो कि भन्ने चिन्ताहरु पैदा भएका छन् । उक्त पार्टीले नयाँ वर्षको सुरुवात...
नेपालगन्ज । देशभरीकाे मौसम विहानैदेखि बदली भएको छ। पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले आज र भाेलि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ। आइतबारदेखि भने मौसममा केहि सुधार हुने अनुमान छ। आज तराई र पश्चिमी पहाडका थोरै...
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सप्तरीको राजविराज–१० घर भएका विष्णूदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षी ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनरुप नगरपालिका–६ का...
बारा।नेपाल विद्यार्थी संघले हावाहुरीका पीडितहरुलाइ आबश्यक सहयोग गरेको छ। नेविसंघले बाराको प्रभावित सुर्वण गाउँपालिकास्थित बबई बस्ती पुगेका छन्।हावाहुरी पीडितका लागि आवश्यक पर्ने राहत सामग्री र टहरा निर्माणका लागि खट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित नेविसंघ बबई पुगेका हुन्। बुधबार हावाहुरीपीडित २५० घरधुरीलाई म्याट, त्रिपाल, झुल, टर्च लाइटलगायत सामग्री वितरण गरिएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। ‘नेविसंघ केन्द्रीय समिति र स्थानीय नेविसंघका साथीहरू...