प्रदेश २मा रहेका समाचारहरु
जनकपुरधाम, २६ मंसिर । सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आउनुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका...
काठमाण्डौ,२६ मंसिर।रकारले निजामती कर्मचारीको सरुवा रोकेको छ। कर्मचारी समायोजन सकेपछि मात्रै सरुवा फुकुवा हुने गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबारदेखि सरुवा रोकेका हुन्। ‘समायोजन प्रक्रिया सकेपछि मात्रै कर्मचारी सरुवा गर्न पाइन्छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले भने, ‘माघको १५ भित्र कर्मचारी समायोजन गरिसकिन्छ।’स्थानीय तहमा ५८ हजार कर्मचारी दरबन्दी छ। स्थानीय तहमा चार हजार जना कर्मचारी समायोजनबाट पठाउनुपर्ने उनले बताए। प्रदेशमा २१ हजार दरबन्दी रहेकोमा आठ...
काठमाण्डौ,१८ मंसिर।नेपाल आयल निगमले आज (सोमबार )देखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो।नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग...
काठमाडौँ, ९ मंसीर। नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात,...
महोत्तरी, ५ मङ्सिर ।महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । ...
नेपालगञ्ज, ३ मंसिर । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता...
पोखरा,३० कार्तिक।युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताउनुभएको छ । नेपाल भलिबल सङ्घद्वारा आज यहाँ आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उहाँले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको...
सर्लाही, २२ कार्तिक। सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ । दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो । त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी...
नेपालगन्ज, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम्...
खोटाङ्ग, १ कार्तिक। जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका वेला जिल्लाबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...