प्रदेश २मा रहेका समाचारहरु
पर्सा, ३० असोज । वीरगञ्जको सीमा क्षेत्रबाट रु ४५ हजारभन्दा बढी मूल्यको गाँजासहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इनरुवास्थित शङ्कराचार्यद्वारबाट नियमित चाँजको क्रममा उक्त गाँजासहित भारत विहार मुज्जफरपुर निवासी सोनुकुमार महतोलाई पक्राउ गरेको हो । मकवानपुरबाट खरिद गरिएको ६ केजी ५०० ग्राम गाँजा भारततर्फ लैजाने क्रममा सोनुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । ...
काठमाण्डौ,३० असोज।अख्तियारको हिरासतमा दसैँ मनाउनेहरूमा डिएसपीदेखि सहसचिवसम्म छन् । उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता (सहसचिव) सुरेन्द्रबहादुर थापादेखि डिएसपी श्यामकुमार राईको दसैँ अख्तियारको हिरासतमै बित्ने भएको छ । सहन्यायाधिवक्ता थापा पाँच लाख रुपैयाँ घुससहित २४ असोजमा पक्राउ परेका थिए । जिल्ला अदालतबाट अभियुक्तको पक्षमा फैसला भएको ठगी मुद्दा उच्च अदालतमा पुनरावेदन नगर्ने भन्दै उनले घुस लिएका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई भने २० असोजमा एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ...
नेपालगन्ज.२८ असोज । आज नवरात्रको पाँचौं दिनमा नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ ।उनलाई पद्मासना देवी पनि भनिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप...
जनकपुर,२८ असोज।धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या...
काठमाण्डौ,२४ असोज। आइतबार देखि नेपाल प्रहरीको थुनामा रहेका स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ। आइतबार पक्राउलगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको समय दिएको थियो। यसअघि पटक पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले राउतलाई छाड्न आदेश दिँदै आएको थियो। योपटक भने राउत थुनामै...
नेपालगन्ज,२४ असोज। नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य जमरा बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने...
रौतहट,२२ असोज। रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ । जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले लगेको थियो । प्रहरीले गएराति नै छोरी रेवती आमालाई बुझाएको छ ।रौतहटमा कार्यरत नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले रेवतीलाई गएराति नै जनकपुर पठाएर आमाको जिम्मा लगाइएको जानकारी दिए । स्वतन्त्र मधेसको वकाल गर्दै आइरहेका राउतलाई प्रहरीले आइतबार नियमित पेशीमा उपस्थित भएर...
काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । राति अबेरसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई अनुमोदन गरेको हो । समितिका संयोजकसमेत रहेका डा। प्रकाशशरण महतले यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । तर नेता रामचन्द्र पौडेल निकट नेताहरुले यसको तीव्र विरोध गरेपछि राति अबेरसम्म बैठक लम्बिएको थियो । बैठकले १२ औं महाधिवेशन...
काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न...
काठमाडौँ,८ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४...