प्रदेश २मा रहेका समाचारहरु
वीरगञ्ज, २६ पुस । सबै रोगको एउटै औषधि सिटामोल। सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको...
काठमाडौँ, २६ पुस। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै...
नेपालगन्ज,१८ पुस। नेपालगन्जमा पछिल्लो समय प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत बर्ष यताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा प्रदेश पाँचमा १२ वटा घटना भएका छन् । जसमा बाँकेमा मात्रै चारवटा छन् । बाँकेमा व्यवसायी र जनप्रतिनिधीबाट प्रेस स्वतन्त्रता उल्लङ्घन भएका छन् । देशभरमै भएका ९८ घटनाबाट २ सय २३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका...
नेपालगन्ज,१५ पुस। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा...
(सञ्चिता घिमिरे )काठमाडौँ, १२ पुस ।विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको...
काठमाडौं, १० पुस । पुरानो दल कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने भएको छ। महासमितिले आइतबार पारित गरेको विधान अनुरुप कांग्रेसले नयाँ संरचना अपनाउनेछ। मुलुकको पछिल्लो संरचना अनुरुपको विधानलाई विधानलाई दुई तिहाइले अनुमोदन गर्यो। केन्द्रीय समितिमा अब सभापतिसहित १४ पदाधिकारी रहनेछन्। केन्द्रीय समितिको संख्या १ सय ६८ पुगेको छ। १४ पदाधिकारीमध्ये २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। ८ सहमहामन्त्री समावेशी क्लस्टरको आधारमा निर्वाचित हुनेछन् भने कोषाध्यक्ष...
बर्दिवास, ८ पुस । महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस लागेसँगै छिप्पिदै गएको जाडोले अत्यधिक प्रभावित भएको हो । चरम गरीबीले पौष्टिक आहार जोहो गर्न नसकेका मुसहर बस्न शीत छल्ने घरसमेत नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।...
लहान, ४ पुस । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । ट्र्याक्टरको चालक फरार...
काठमाडौँ, ३ पुस । सरकारले पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । सरकारले गए राति १२ बजे देखिनै लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई- दुई रुपैया घटाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको छ। यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि...
काठमाण्डौ,२८ मंसिर। सरकारले भारतीय २०० को नोट (आईसी)नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना...