नेविसंघमा अब ३२ वर्षभन्दा बढि उमेरका व्यक्ति नेता हुन नपाउने
प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार ०९:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । राति अबेरसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।
Advertisement
समितिका संयोजकसमेत रहेका डा। प्रकाशशरण महतले यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । तर नेता रामचन्द्र पौडेल निकट नेताहरुले यसको तीव्र विरोध गरेपछि राति अबेरसम्म बैठक लम्बिएको थियो । बैठकले १२ औं महाधिवेशन नै उमेरहद लगाएरै गर्ने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।उनका अनुसार अब नेविसंघमा ३२ वर्षभन्दा बढि उमेरका व्यक्ति रहनेछैनन् ।
बैठकमा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।