प्रदेश २मा रहेका समाचारहरु
सर्लाही- नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ। विहीबार सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल हत्याको विषयलाई लिएर विज्ञप्ति जारी गर्दै क्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिएको हो। साथै यस घटनाले पार्टीलाई ठूलो क्षति पुगेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट व्यक्त गरिएको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना कार्यकर्ताको सर्लाहीको लालबन्दी-१ लखन्ती...
लालबन्दी।सर्लाहीको लालबन्दीमा प्रहरी र बिप्लब कार्यकर्ता बिच दोहोरो भिडन्तमा समुहका जिल्ला इन्चार्ज मारिएका छन् ।विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिएका छन् । पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा आज प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो। दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रहरीले बताएको छ। ‘विप्लव कार्यकर्ताको पछि लागेको...
जनकपुर ।जनकपुरधामको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ । विस्फोटपछि...
नेपालगन्ज ।एसईईको नतिजा असारको दोश्रो साता आउने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अनुुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को कारणले प्रकाशनमा केही दिन ढिलाइ हुन भएको छ ।प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।बोर्डका परीक्षा उपनियन्त्रकका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ। चुुनाबमा पराजित भएको नेपाली कांग्रेस अहिले आफ्न्नो रफ्तारमा चलेको छ।नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा...
काठमाडौं ।स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार मध्यान्ह सम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएका छन्। ‘अनलाइनबाट आवेदन दिनेको संख्या बढ्दो छ,’ पोखरेलले भने।आवेदन दिने म्याद अझै...
चन्द्रनिगाहपुर । दुई गाडी ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । रौतहटको पौराइमा काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना ६ ख ९०३० तीर्थयात्री बोकेको बसलाई को १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।बसमा भारतको उडिसा राज्यका ६० तीर्थ...
काठमाडौं: संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्त नअपनाइएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय तहका लागि कर्मचारी माग गर्दै आह्वान भएको विज्ञापन तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल शुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...
रौतहट । रौतहटका मेयरमाथी कुटपिट भएको छ। पैसा सहयोग नगरेको भन्दै उनलाई आक्रमण गरिएको हो। इद मनाउनका लागि चन्दा नदिएको केही ब्यक्तीहरुले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् ।मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन...