प्रदेश २मा रहेका समाचारहरु

देशभर बाढी पहिरोले शुक्रबार साँझसम्म १७ जनाको मृत्यु

नेपालगन्ज ।बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्। प्रहरीका अनुसार खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २र२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १र१ जनाको...

मुख्यमन्त्री कार्यालय,अस्पताल लगायत प्रहरी कार्यालय नै डुबानमा परेपछि…

जनकपुर। अस्पताल लगायत मुख्यमन्त्री कार्यालय डुबानमा परेपछि सेवा ग्राहीलाई त्यहाँ सम्म पुग्न कठिनाइ भएको छ।बुधबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधामका प्रायः सडक छेउमा रहेको घर तथा सरकारी कार्यालयहरूमा पानी जमेको छ। अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान, रामानन्द चोक, जिल्ला प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताललगायत स्थान जलमग्न भएको छन्। एकीकृत शहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौं रुपैयाँ खर्चेर...

नेपालबाट जाने तरकारी भारतले रोक्ने, भारतीय तरकारी भने सजिलै आयात

काठमाडौं ।भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर...

नयाँ दिल्ली पुर्‍याएर २४ हजार डलर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

काठमाडौं ।एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् । प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो ।...

एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक

नेपालगन्ज । एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ। ...

आफ्नै आफन्तहरुबाट चार बर्षमा ६८० बढी मारिए

काठमाडौं। आफ्नै आफन्तहरुबाट ६०० बढी मारिएका छन् ।आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले...

एसईईको रिजल्ट सार्बजनिक , यसरी हेर्न सकिन्छ रिजल्ट !

काठमाडौं । एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि आज सुनैलो दिन बनेको छ।परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यसरी हेर्न सकिन्छ रिजल्ट – मन्त्रालयको बेबसाइट- www.moe.gov.np शिक्षा...

कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगको निर्देशन

काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ। निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख...

ट्रकले ठक्कर दिदा एक जनाको ज्यान गयो

गोलबजार ।ट्रकले ठक्कर दिदा एक जनाको ज्यान गएको छ। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका  ८ मा ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको  छ । पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले पैदलयात्री नरहा गाउँपालिका १ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई  ठक्कर दिएको हो । चालक र ट्रकलाई नियन्त्रणमा लिइ दुर्घटनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिनुभयो । ...

भारतबाट आएका व्यक्तिले नदीमा पेस्तोल फालेर भागेपछि…

सिरहा।सिरहा नगरपालिका १७ पटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ। गस्तीमा रहेको सशस्त्र प्रहरी बल क्याम्प माडरको टोलीले शनिबार विहान चेकजाँचको क्रममा पेस्तोल बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीका अनुसार भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोकेको पेस्तोल बरामद भएको हो। ‘प्रहरीलाई देखेपछि भारततर्फ भाग्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिले कमला नदी किनारमा पेस्तोल फालेर भागे,’ उनले भने। बरामद गरेको पेस्तोल जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको उनले बताए। (रासस) ...