प्रदेश २मा रहेका समाचारहरु

मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष नारायण आचार्य र उपभोक्ता समितिका दुई पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नगरपालिकाले सप्कोसी–१...

ईदुल फित्रको दिन जेठ २३मा सार्वजनिक बिदा

नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी  बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...

धामी बन्ने पागलपनले गर्दा अढाइ वर्षीय बालकको हत्या

जनकपुर । धामी बन्ने पागलपनले एक जना अढाइ वर्षीय बालकको हत्या भएको छ।धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई...

घरको जग खन्दा २ जनाको मृत्यु, एक जना घाइते

वीरगञ्ज । घरको जग खन्दा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जग खन्नेहरु कामदार हुन् ।वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका...

भोली देशभरका अदालतहरु बन्द हुने

काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए...

नेपाल पत्रकार महासंघ आजदेखि शुरु गर्यो आन्दोलन

काठमाडौं ।नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो। महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ। सरकारले प्रेस काउन्सिलको...

आजदेखि देशका धेरै ठाउँमा हुरी बताससहित पानी पर्ने

नेपालगन्ज  । आजदेखि देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म देशभर मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन । देशभर कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । देशभरि बढेको गर्मी केही...

ओली सरकारविरुद्ध सञ्चार क्षेत्र आन्दोलित

नेपालगन्ज । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक...

पत्रकारलाई १० लाख जरिवाना गराउने कानुन बन्दै

काठमाडौं । सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो । कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई...

भोलि बैशाख २३ हाम्रो पार्टीको बन्द छैन: बिप्लब

नेपालगन्ज । बिप्लब समूह ल्ले भोलि बन्द नरहेको जनाएको छ।बैशाख २३ गते नेपाल बन्दको हल्ला चले विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको छ । सामाजिक सञ्जालमा बन्दको खबर ब्यापक रुपमा फैलिएपछि विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको हो । अधिकाशंलाई नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको भ्रम परेको तर्फ पार्टीको ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आफ्नो कुनै बन्दको कार्यक्रम नरहेको स्पष्ट पारेको हो । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु...