प्रदेश ३मा रहेका समाचारहरु
चितवन । संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न दोश्रो पटक पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले आज लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु...
काठमाडौं । राष्ट्रिय योजना आयोगका एक जना कर्मचारी सिंहदरबारमा मृत फेला परेका छन् । नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा मृत अवस्थामा लडिरहेको भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम विज्ञ टोली घटनस्थलमा...
चितवन । पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ। उनको झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका...
काठमाडौं ।नेपाली नायिका शिल्पा पोखरेललाई अहिले पक्राउ नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पोखरेललाई पक्राउ नगर्न आदेश दिएको हो ।काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । ...
चितवन ।पत्रकार शालिकराम पुडासैनीकि श्रीमती सम्झना घिमिरे पुडासैनीले रबि लामिछाने लगायत युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनि आफै उपस्थित भएर उजुरी दिएकी हुन् । आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने, कंडेल र कार्की गतशुक्रबार पक्राउ परिसकेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ। सम्झनाले आफ्ना मृतक पति शालिकरामको शनिबार १३ दिनको काजक्रिया सकेर आज (आइतबार) उजुरी दिएकि हुन् । सम्झनाले दिएको किटानी जाहेरीमा आफ्ना...
चितवन ।चितवनमा एक जनाको करेन्ट लागेर ज्यान गएको छ। चित्वनको भरतपुर महानगरपालिका ११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको हो ।पर्सा पोखरीया नगरपालिका ३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो । ...
काठमाडौँ : बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट प्राप्त भएको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड...
चितवन । पत्रकार रबि लामिछानेको रिहाईको माग गर्दै भरतपुरमा आज समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको हो। प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । ...
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। चितवन जिल्ला अदालतले शुक्रबार दिउँस लामिछानेसहित सहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा उनिहरुलााई राख्न अनुमति दिएको हो । प्रहरी घटनाको अनुसन्धान गर्न अघि बढीसकेको छ। ...
चितवन । पत्रकार रबि लामिछानेको रिहाईको माग गर्दै आन्दोलनमा उत्रिएकाहरु मध्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।प्रहरीले लामिछाने लगायत तिनजनालाई म्याद थपका लागि जिल्ला अदालत चितवन लगेको छ। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या...