प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं। नेपालगन्ज उपमहानगरपालिकाकि उप-प्रमुख उमा थापा मगर उपमहानगरको बिकासका लागि काठमाडौंमा विभिन्न उच्च पदस्त ओहोदाका ब्यक्ती, सरकारी निकाय लगायत सग भेटघाटमा ब्यस्त हुनुभएको छ। यसैबिच उप-प्रमुख मगरले शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईसग नेपालगन्जको बिकास निमार्ण समन्धमा छलफल गर्नुभएको छ । छलफलमा उप प्रमुख मगरले नेपालगन्जको समाजिक ,आर्थिक र संंकृृृतिक विकासका लागि एक जुट भएर अगाडि बढ्न मन्त्रीराई अनुरोध गर्नुभएको छ। भेटघाटका क्रममा मन्त्री राइले नेपालगन्ज विकासको लागि आफुले कुनै पनि...
चितवन ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबि लामिछानेसहित तीन जना बिरुद्ध मुद्दा दर्ता भएको छ। आज जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा उनिहरु बिरुद्ध मुद्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने,...
काठमाडौं । एनआरएनका अध्यक्षलाई मापसे गरेको भन्दै हवाईजहाजबाट ओरालिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको हो ।उनीहरूले शनिबार पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३९कल साइन एमआइ४१३० विमानमा मदिरा सेवन गरेर हो-हल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यवहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल स्रोतले बताएको...
चितवन ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका रवि लामिछाने सहित तीन जनालाई आज अदालत लगिएको छ । आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु...
नेपालगन्ज ।आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ। देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना...
नेपालगन्ज । आज देशैभर श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा...
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका हुन् ।उनी आज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । ...
बसन्त शर्मा ।नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक नेपालमा बस्ने विषयको चर्चा हुनु स्वाभाविक हो। बैठक बस्नुभन्दा पनि सरकारले यो विषयमा कस्तो तयारी गरेको छ, त्यो झनै महत्वपूर्ण हो। परराष्ट्र नीतिमा हामी कहाँ चुक्यौं, कहाँ असफल छौं र, अब के गर्दै अघि बढ्नुपर्ला भन्ने विषयमा नेपाल चनाखो हुनैपर्ने अवस्था छ। नेपाल–भारत सम्बन्धका आयामको चर्चा गरेर समय खेर फाल्नुभन्दा विकसित परिस्थिति र विगतमा भएका सन्धि र सम्झौतामा टेकेर नेपालले कुरा गर्न सक्नुपर्छ। त्यो भनेको...
काठमाडौं । संचारकर्मी रबि लामिछाने पत्नी निकिता पौडेलले ३ जना बिरुद्ध दिएको किटानी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता अस्वीकार गरेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर उनलाई प्रहरीले यो...
काठमाडौं ।पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन्। पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक एबम नेपाल प्रेस काउन्सिलका कार्य बहाक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्। उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो। ‘जाहेरीमा...