प्रदेश ३मा रहेका समाचारहरु
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका अभियुक्तहरु पत्रकार रबि लामिछाने ,पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि...
काठमाडौं । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ। लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। विहीबार नै प्रहरीले पत्रकार पुडासैनी प्रकरणमा जोडीउको एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी...
चितवन ।चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित एक जना युवतीलाई काठमाडौंबाट बिहिवार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई पक्राउ गरेर चितवन ल्याएको छ। चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्कीलाई चितवन ल्याएर थप अनुसन्धान सुरू गरेको जानकारी दिए। यसअघि बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडिओ सार्वजनिक भएको थियो। हत्या प्रकरणमा रबि लामिछाने समेत मुछिएका छन् । ...
चितवन ।पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले आत्महत्याको दुरुत्साहन प्रमाणित भए जो कोहीलाई पनि कारवाही गर्ने बताएका छन् । उनले भने,आत्महत्याको लागि दुरुत्साहन गर्ने रवि लामिछाने मात्र होइन,जो कोही भएपनि कानुनी कठघरामा ल्याइन्छ । उनले कानुन भन्दा माथि कोही नरहेको भन्दै अनुसन्धान तीब्र पारिएको दावी गरे।घटना स्थलबाट संकलन गरेका प्रमाणहरु विश्लेषण गरिरहेका छौं,उनले भने, पोष्टमाटम र मोवाइल रिपोर्ट आज...
काठमाडौं ।वरिष्ठ पत्रकार एबम साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ। उनको बिहिबार बिहान ४ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ। उनी ९७ वर्ष पूरा भई ९८ वर्षमा प्रवेश गरेका थिए।उनलाई १२ दिन अगाडी निमोनिया भएपछि सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको शरीरमा मृगौलालाई प्रभावित पार्ने क्रेटेनाइनको मात्रा अत्याधिक देखिएपछि चिकित्सकहरूले अक्सिजनको सहायतामा घरै लैजानु उचित हुने सुझाव दिएपछि राति ९ बजे घर ल्याइएको थियो।...
नेपालगन्ज ।आज देशैभर रक्षाबन्धन पर्व मनाइदै छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार...
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको छ। नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको सेतोपाटीलाई जानकारी दिए। यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए। ...
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकि दूतावासले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान उनले अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ । सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी...
धादिङ।धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् । खोजीकार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो । चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता...
काठमाडौं । बलात्कारको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । एक जना एघार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले महानगरका कर्मचारी बाबुराजा पुजारीलाई पक्राउ गरेको हो। विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं १७ का ५२ वर्षीय पुजारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका पुजारीलाई काठमाडौं जिल्ला अदालतले ७ दिन म्याद थप गरि अनुसन्धान गर्न...