प्रदेश ३मा रहेका समाचारहरु

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या देेशभर ६५ पुग्यो

काठमाडौं ।देशैभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या बढदै गएको छ।बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या देेशभर ६५ पुगेको छ । आज बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् ।१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना वेपत्ता छन् । ३८ जना घाइते छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार...

मन्त्री महासेठले पत्रकारलाई भिडिओ खिच्नबाट रोक लगाए

काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडिओ खिच्न सञ्चार माध्यमहरूलाई रोक लगाएका छन्। मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई भिडिओ खिच्न रोक लगाएका हुन्। आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए। ‘यसरी भिडिओ लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा...

देशैभर बाढी-पहिरोले ५० जनाको ज्यान गयो

काठमाडौं । देशैभरी बाढी,पहिरो र डुबानले ५० जनाको ज्यान गएको छ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ बिहानसम्मको  २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार ११०४ जनाको उद्धार गरिएको छ।प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं  ३...

देशभर बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुग्यो

नेपालगन्ज ।अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै उनले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको बताए । प्रहरीका अनुसार ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा...

बाढि आउने स्थानका बासिन्दाहरुका लागी “जनहितमा जारी” सन्देश

बाढि आउन सक्ने स्थानका बासिन्दाका लागी अति जरुरी सन्देश….. सबैभन्दा पहिला सुरक्षा फौजलाई खबर गर्नुहोस। सुरक्षाकर्मीहरु तपाइको मदतको लागी खटिएका छन् । १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध...

त्रिशूली नदीमा ट्रक खस्यो, सह-चालक बेपत्ता

चितवन । त्रिशूली नदीमा ट्रक खस्दा एक जना बेपत्ता भएका छन् ।  चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्। गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी...

देशभर बाढी पहिरोले शुक्रबार साँझसम्म १७ जनाको मृत्यु

नेपालगन्ज ।बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्। प्रहरीका अनुसार खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २र२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १र१ जनाको...

चिप्लिएको यति एअरको जहाज तान्न नसक्दा त्रिभुवन बिमानस्थल अझै सुचारु हुन सकेन

काठमाडौं । नेपालगन्जबाट उडान भरेको यति एअरलाइन्सको उडान नम्बर एनवाइटी ४२२ को जहाज त्रिभुवन विमानस्थलमा चिप्लिए पछि ७ घन्टा सम्म बिमानस्थल सुचारु हुन सकेको छैन्।जहाज अवतरण गर्ने क्रममा शुक्रबार बिहान ११ बजेर पाँच मिनेटमा चिप्लिएको थियो। जहाज धावनमार्गबाट बीस मिटर पर घाँसे मैदानमा पुगेको थियो। जहाज चिप्लिएको ठाउँबाट दस फिट तानिएको विमानस्थल प्रहरीले जनाएको छ। बिमानलाइ केही फिट सम्म तानेर अहिले सजिलोका लागि गिट्टी बिछ्याउने काम भइरहेको बिमानस्थल प्रहरीलेे बताएको...

काठमाडौंमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, एक जना बल्खु खोलामा बेपत्ता

काठमाडौं । देशको राजधानी काठमाडौंमै पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक जनालाई खोलाले बेपत्ता बनाएको छ। बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौंको मूलपानीमा गएको पहिरोमा तीन जना पुरिएका छन्। घरको गाह्रो भत्किएर टहरामा बसिरहेको बेला शुक्रबार दिउँसो टहरोलाई पनि पहिरोले पुरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार एक्साभेटरको सहायताले प्रहरीले काम गरिरहेको छ। यस्तै, कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका...